काठमाडौं – महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन्।

तीन पुस्तादेखि घेरूलु काममा सहयोग गरेकाहरुलाई हमालले सम्पत्ती प्रदान गरेका हुन् । तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मनकुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाअध्यक्ष माधव केसीले जनाए।

जग्गा प्रदान गर्न राजेश हमाल भाइ राकेशसहित नवलपरासीस्थित मालपोत कार्यालय पुगेका थिए । ‘पुर्खौंदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरबार बिहीन भएको थाहा पाएपछि उनीहरुको बसोबासका लागि जग्गा प्रदान गरेको हो’, हमालले बताए ।


तपाईको प्रतिक्रिया