काभ्रेपलान्चोक (बेथानचोक) – काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर-४ छत्रे, पाटीखर्कमा ९ दिने स्वर्णिम श्रीमदभागवत भक्ती संगीत महायज्ञ गरिने भएको छ ।

तिलेश्वर मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञको आयोजना भएको महायज्ञको सचिव अच्युत सन्जेलले जानकारी दिए । महायज्ञमा शास्त्रीजी, मुमुक्षु श्री उद्द्ब शर्मा तथा बौद्ध धर्म गुरु छेत्र बहादुर लामाबाट बुद्द दर्शन प्रवचन गर्ने कार्यक्रम रहेको अच्युतले बताए ।

महायज्ञबाट संकलित रकमबाट छत्रे, पाटीखर्कमा तिलेश्वर मन्दिर निर्माण गरिने आयोजकले बताएका छन् ।


तपाईको प्रतिक्रिया