पाँचखाल – अरनिको राजमार्ग र बिपी राजमार्गको बैकल्पिक सडकको प्रदेश सांसद लक्ष्मण लम्सालले बुधवार उद्घाटन गरेका छन् ।

उनले पाँचखालको खर्केटारवाट नमोबुद्ध नपाको बुच्चाकोट जोड्ने सडकको उद्घाटन गरेका हुन् । ६ किलोमिटर लम्बाइसको सडक निर्माणका लागि उनले संसद विकास कोषवाट ६५ लाख रुपैया विनियोजन गरेका छन् । पाँचखाल नपाको सबैभन्दा पिछडिएको बडाको रुपमा रहेको बडा नं १२ का जनताको आयस्रोत माथि उठाउन महत्वपुर्ण भुमिका खेल्ने सो सडक निर्माणपछि त्यहाँका जनताको आयस्रोतमा बृद्धि हुने आशा आफूले लिएको सांसद लम्सालले सुनाए ।

सडकमा ढल सुविधासँगै आवश्यक रहेका पूर्वाधारको विकास गरिने लक्ष्य लिएको सांसद लम्सालले भने । सो सडकमा ८ सय मिटरसम्म ढल राखिने, ४ किलोमिटर ग्राभेल र बाँकी कटिङ गरिने योजना रहेको छ । कार्यक्रममा नेकपाका नेता रविन्द्र सिपखान, भक्तकुमारी लामा, वडाअध्यक्ष गोपालबहादुर दनुवार, स्थानीय युवा पुरुषोत्तम आचार्य, सडक समितिको अध्यक्ष बिष्णुबहादुर शाही, गणेशबहादुर शाही, जयबहादुर शाही, भक्तबहादुर शाही लगायतको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया