दोलालघाट – काभ्रेको भुम्लु गाँउपालिकाको न्यायिक समिति सकृय बनेको छ । न्यायिक समितिको संयोजक एंव गाँउपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले गाँउपालिकाका सबै बडाका वडाअध्यक्षहरु,गाँउ कार्यापालिका सदस्य तथा वडा सदस्यहरुले सामुदायिक मेलमिलापकर्ताहरुलाई सहजीकरण गरेकै कारण न्यायिक समितिले उल्लेख्य सफलता हात पारेको सुनाइन् ।

बुधवार दोलालघाटमा गाँउपालिकाले न्यायिक समिति, जनप्रतिनिधी,सामुदायिक मेलमिलापकर्ताहरुका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरणको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले आफ्नो गाँउपालिकाले न्यायमा सबैको पँहुचको अवधारणा बोकेर काम गरिरहेको सुनाइन् । ‘हामीले न्यायमा सबैको पँहुच आवश्यक रहेकाले सोही अनुसार काम गरिरहेका छौ’उपाध्यक्ष श्रेष्ठले भनिन् । सामुदायिक मेलमिलापकर्ता र स्वास्थ्य स्वय्सेविका सामान्य लाग्न सक्लान उपाध्यक्ष श्रेष्ठले भनिन् । उनीहरुको भनेको समुदाय संचालको मेरुदण्ड हुन् ।

मेलमिलापको अर्थ व्यापक रहेको श्रेष्ठले दावी गरिन उनले थपिन्, आवेसमा आएका मान्छेहरुलाई शान्त बनाउने हतियारनै मेलमिलाप हो त्यो काम गर्न सक्ने महान व्यक्ति मेलमिलापकर्ता बाहेक कोही हुनै सक्दैन । सबै व्यक्तिले सामाजिक न्याय पाउनको लागि गाँउपालिकाले मेलमिलाप नीति लिएको उनले सुनाईन् । व्यक्तिको चुँडिएको मनलाई एकै ठाँउमा राख्ने काम मेलमिलापले मात्रै सम्भव हुन्छ ।

काभ्रेको मेलमिलापमा प्राकृतिक स्रोतले खेलेको भुमिका असाँध्यै राम्रो भएको उपाध्यक्ष श्रेष्ठले बताइन् । उनले मानव ठूलो सानो जे भएपनि असल बन्नुृ पर्नेमा जोड दिइन् । भुम्लु गाँउपालिका मुख्य आयोजक रहेको कार्यक्रमको सहआयोजक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र रहेको थियो । कार्यक्रम केन्द्रका परामात्माराम पराजुलीले सहजीकरण गरेका थिए भने जिल्ला संयोजक उमा थापाले मेलमिलापको उदेश्यमाथि प्रकाश पारेकी थिईन् ।

भुम्लु गाँउपालिका न्यायिक समितिको सदस्य उर्मिला विकले स्वागत मन्तव्य राखेको सो अभिमुखीकरणमा उद्धवप्रसाद अधिकारी र पत्रकार मुधुसुधन गुरागाईले तालिम दिएका थिए । वडा अध्यक्ष खिरबहादुर श्रेष्ठले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया