बनेपा – विगत तीन दशकदेखि खेतीकिसाननीमा सकृय काभ्रेको मण्डन देउपुर–८ धाईटारका किसान महेश्वर दाहाल सोमवार निक्कै खुसी थिए । किसानहरुले अनावश्यक रुपमा कृषि उपजमा बिषादी हालेको आरोप उनलाई राम्रो लाग्दैनथ्यो । आफ्ना घर वरपरका जैविक बिषादी प्रयोग गरेर दाहालले घातक बिषादीको प्रयोगनै गर्ने गरेका थिएनन् ।

जैविक बिषादी प्रयोगमा सकृय दाहालसँगै सयौं संख्यामा काभ्रेका किसानहरुले सोमवार घातक बिषादीको प्रयोग आफूहरुले नगरेको सन्देश एकै पटक दिदैथिए । त्यसलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बिषादी बिक्रेता तथा उपभोक्ताहरुले समेत साथ दिईरहेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट करेन्टाईन एंव बिषादी व्यवस्थापन केन्द्रको आयोजनामा काभ्रेवाट ‘पोषण सुरक्षा र खाद्य स्वच्छता ः द्यातक बिषादीमुक्त कृषिको आवश्यकता’ भन्ने मुल नारा लिएर देशव्यापी रुपमा एक सातासम्म बिषादी प्रयोग कम गराउने अभियानको सुरुवात काभ्रेवाट भएकोमा दाहाल निक्कै खुसी थिए । कारण,काभ्रेको तरकारीमा अत्याधिक बिषादी भएको कुराको खण्डन गर्ने काम यो बर्षको अभियान काभ्रेवाटै सुरुवात गरेको थियो ।

कृषकमात्रै हैनन्,बिक्रेताहरुसमेत काभ्रेवाट अभियान सुरु भएकोमा निक्कै खुसी छन् । काठमाण्डौंमा केन्द्रीत रहेर हुने कार्यक्रम अब काभ्रेसम्म आएर मन्त्रालयलेनै काभ्रे जिल्लावाट अभियान सुरु गरेकोमा औधी खुसी भएका छौ,काभ्रेका तरकारी संकलन तथा वितरण गरिरहेको काभ्रे तरकारी बजारका संचालक एंव युवा कृषि अभियान्ता जयराम सिग्देलले बताए ।

‘हामी कृषक, बिक्रेतासँगै उपभोक्ता गुणस्तरिय तरकारीमा रुची राख्छौ’ सिग्देलले भने काभ्रेको बिषादी खानयोग्य रहेको पुष्टि काभ्रेवाट सुरु भएको अभियानले गर्नेछ ।काभ्रेमा बिषादी न्यूनिकरणका लागि धेरै प्रयास भएपनि सोमवार भएको जस्तो बृहत केन्द्रीय स्तरको कार्यक्रम आयोजना हुन सकेको थिएन, काभ्रे तथा आसपासका जिल्लाहरुमा लामो समयदेखि बिषादी बिक्री गर्दै आएका पाँचखाल बिज भण्डारका प्रमुख सरोज सापकोटाले भने, ‘बिष बिषनै हो, घातक बिषादीको बिक्री वितरण हामीले कहिल्यै पनि गरेका छैनौ ।’

काभ्रेमा बिषादी प्रयोगमुक्त सप्ताहको सुरुवात भएसँगै काभ्रेका किसानहरुलाई उत्साह थपिएको छ । सयौंको संख्यामा भेला भएका कृषकहरुले बिषादीको प्रयोग गरेपछि पर्खनु पर्ने समयको पालना आफूहरुले गरेको सन्देश दिइरहेका थिए । हरेक बर्ष बिषादीको प्रयोग कम गराउन सप्ताहव्यापी कार्यक्रम केन्द्रमा आयोजना हुने भएपनि मोफसलमा हुन सकेको थिएन ।

कृषि ज्ञानकेन्द्र काभ्रेका प्रचार अधिकृत थर्क जिसीले काभ्रेवाट सुरु भएको अभियानले सकारात्मक सन्देश बोसकारात्मक सन्देश बोकेको बताए । ‘काभ्रेको तरकारीमा घातक बिषादीको प्रयोग हुँदैन, सबैले कुर्नुुपर्ने समय कुरेरमात्रै बजारमा जाने गरेको छ’ जिसीले भने ।
काभ्रेका कृषकहरुले उत्पादन गरेको तरकारी ढुक्कले सेवन गरिरहेको बनेपाका उपभोक्ता सुरेश मानन्धरले बताए । हामीलाई काभ्रेको उत्पादनमा निक्कै राम्रो र हाईजेनिक लाग्ने गरेको छ मानन्धरले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट करेन्टाईन एंव बिषादी व्यवस्थापन केन्द्रका बरिष्ठ प्रचार अधिकृत रामकृष्ण सुवेदीले काभ्रेवाट अभियान सुरु गरेको बताए । काभ्रेको बनेपामा बृहत ¥यालीको आयोजना भएको सुवेदीले बताए । उनले बनेपामै कृषकहरुलाई जागरण ल्याउने उदेश्यले सडक नाटक तथा अभिमुखीकरण कार्यक्रम संचालन गरेको सुवेदीले स्पष्ट पारे ।

कृषक, सरकारी संयन्त्र, बिषादी बिक्रेता, कृषिसँग सम्बन्धित रहेका विभिन्न संघसंस्थाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले बिषादी न्यूनिकरण गर्नको लागि आवश्यक रहेको प्ले कार्डहरु बोकेर बनेपा बजार परिक्रमा गरेका थिए ।
उपस्थित कृषकहरुले आफूहरुले निरन्तर बिषादी न्यूनिकरणमा प्रयास गरेको बताए । बिष बिषनै भएकाले सकेसम्म कम प्रयोग गर्ने गरेको र सरकारले बिष आयतमै कडाई गर्न आवश्यक रहेको बताए । काठमाण्डौं उपत्यकामा खपत हुने कुल तरकारीको ३० प्रतिशत योगदान दिदै आएको छ ।


तपाईको प्रतिक्रिया