सन्तोष चौलागाई (निश्चल)

सन्तोष चौलागाई, काभ्रे र सिन्धुका रेडियो सुन्ने श्रोताको लागि कर्णप्रिय नाम हो । २०६२ सालदेखि निरन्तर रेडियोमा आवाज दिदै श्रोताको मन जित्न सफल भएका सन्तोष चौलागाईलाई श्रोताले भने ‘सन्तोष निश्चल’ को उपनामले चिन्ने गरेका छन् । जे भएपनि विगत लामो समयदेखि सन्तोष रेडियोमा काम गरिरहेका छन् । उनले रेडियो बाहेक अरु केही पनि सोचेका छैनन् । रेडियोको आदतलाई अब व्यवसायिक रुपमा अघि बढाउने उनको दृढ सोच रहेको छ ।

हुन पनि हो जीवनको उर्जाशिल समय उनले रेडियोमा विताएका छन् । उनले रेडियोमा १२ बर्षसम्म बिताएका छन् । सानै उमेरदेखि उनी रेडियो सुन्ने गर्दथेँ । काम गर्दा पढ्न बस्दा पनि रेडियो बजाउने गर्थें । अरुले रेडियोमा बोलेको सुन्दा उनलार्ई पनि रहर लागेर आउँथ्यो । पछि रहरैरहरमा रेडियो पत्रकारिता छनौट भयो उनको अनि कर्म बन्यो ।

रेडियोमा सबैले एक÷एक ओटा विधालाई समातेका हुन्छन् । तर सन्तोषसँग रेडियोका धेरै विधामा स्वर भर्न आँउछ । उनले ठूलाठूला नेताहरुसँग आँखामा आँखा जुँधाएर प्रश्न गर्ने गर्दथे । फोन इन कार्यक्रममा उनको स्वरको तारिफ गर्ने धेरै थिए अनि समाचार वाचन पनि उनी राम्रोसँग गर्दछन् । उनी रेडियो कार्यक्रममा काभ्रे र आसपासका अलराउण्डर हुन् ।

देशको मेरुदण्ड भनेकै युवा हुन् त्यसैले युवाहरुलाई रेडियोमा विभिन्न अवर दिनु पर्छ भन्ने उनको धारणा छ । युवा अवस्थामा नयाँ जोश जाँगर अनि याँ सोच हुन्छ । युवालाई मार्गदर्शन गरी रेडियोमा समेट्न आवश्यक रहेको उनको बुझाई रहेको छ । उनै मिठो स्वरका धनी सन्तोष निश्चलसँग गरेको कुराकानीको अंश :

० रेडियो पत्रकारीता कसरी रम्दै हुनुहुन्छ ?

धेरैको सपना फरक फरक हुन्छ । केटाकेटीमा देखेको सपना धेरैको पुरा हुँदैन । केही भाग्यमानीको मात्रै सपना पुरा हुन्छ । त्यो सपना पुरा हुने मध्येको एक व्यक्ति म पनि हुँ । मेरो सपना रेडियो पत्रकार बन्ने थियो । म रेडियो पत्रकार बने । आवाज दिन सक्ने भए । धेरैलाई आवाजको दुनियामा रमाउने बनाउन सके अनि सपना पुराहुँदा म कसरी रमेको हँुला । आफै अन्दाज लगाउनुहोस् त । तर मेरो सपनामा वाधाहरु पनि आए । म एउटा मिडियामा रमाउन सकिन । विगत १२ वर्षको रेडियो पत्रकारितामा धेरै नै उतारचढाव भोग्नु प¥यो । अहिलेसम्म ३ वटा रेडियो स्टेशनमा काम गरिसकेको छु । रेडियोमा बोल्दा आफूलाई आनन्दित महशुस गर्छु । रेडियोको स्टुडियोमा बसेर बोल्दा सबै दुःख भुल्ने गरेको छु । त्यो भएपछि सारा कुरा बिर्सन्छु म फरक संसारमा आएको जस्तो लाग्छ ।

० रेडियो पत्रकारिता नै छनौट किन ?

विश्व कहाँ पुग्यो मलाई थाहा छैन । तर म रेडियोलाई सबैभन्दा शक्तिशाली संचार मान्दछु । सडकमा आम नागरिकको पँहुच रेडियोमा रहेको छ । अनि सदनका मान्छेसँगको प्रत्यक्ष कुराकानी रेडियोमा आँउछ । धेरैले रेडियोलाई कम महत्व देलान् तर समुदायमा भएका घटना बाहिर ल्याउने रेडियाले हो ।

बिहान आउने पत्रिकाभन्दा कम बिबिसी नेपाली सेवाको बिहानीपख र साँझपख नसुन्ने श्रोता कम होलान् जस्तो म सोच्दिन । सानै उमेरदेखि रेडियो सुन्ने गर्दथेँ । काम गर्दा पढ्न बस्दा पनि रेडियो बजाउने गर्थें । अरु रेडियोअख बोलको सुन्दा मलाई पनि रहर लागेर आउँथ्यो । पछि रहरैरहरमा रेडियो पत्रकारिता छनौट भयो । तर म अहिले सन्तुष्ट छु । आर्थिक रुपमा अभाव भयो होला तर स्टुडियोमा आवाज दिदा सबै कुरा सामान्य झै लाग्छ ।

० रेडियो पत्रकारिता ओझेलमा पर्न थालेको हो र ?

भुकम्पको कुरा गरौ । भुकम्पमा सूचना दिने काम कुन संचार माध्यमले ग¥र्याे । अवस्था २ प्रकारको हुन्छ । सहज र असहज । सहज अवस्थामा को शक्तिसाली होला मैले मिडियाको कुरा गरेको छु । अनलाईन,पत्रिका अनि टिभी वा सामाजिक संञ्जाल । तर असहज र विपद्मा रेडियो नेपालको समाचार सबैभन्दा महत्वपुर्ण भयो नै हैन ।

अनि रेडियोका पनि दुईओटा कुरा छन् । कुन प्रकृतीको रेडियो हो । सामाजिक अभियानको हो की मिसनको हो । धर्म, जात अनि दलको रेडियोले पत्रकारिता दुषित बन्यो होला । तर सच्चा रुपमा काम गर्ने रेडियो र रेडियो पत्रकारिता कसैले ओझेलमा पारेर पार्न सक्दैन ।

तर केही कुरा सत्य भने छन् । पहिला मैले रेडियो पत्रकारिता सुरु गर्दा रेडियोमा बोल्नेलाई छुट्टै नजरले हेर्ने गरिन्थ्यो । पछिल्लो समयमा रेडियो स्टेशन पनि धेरै भए अनि रेडियोमा बोल्ने व्यक्ति पनि धेरै । धेरै हुनाले रेडियोको महत्व पनि कम हुन थालेको होला तर म विश्वास गर्दिन ।

० रेडियोमा बोलेर बाँच्न सकिएला त ?

बाँच्ने केलाई भन्ने । हामी सन्तुष्ट हुनुपर्याे । सेवा के हो । समाजसेवा के हो । सामाजिक विकास के हो । समाजसेवी को हो । विश्वमा घनाढ्यहरु आत्महत्या धेरै गर्दछन । अनि गरिब पनि आत्महत्या अन्तिम विकल्प सोच्छन् । मध्यम वर्गिय संघर्षमा रमाउँछ । म मध्यम वर्गिय परिवारको व्यक्ति भएकाले संघर्षमा रमाउँछु । रेडियोमा बोलेर नै बाँच्न त धेरै गाह्रो छ । तर रेडियोको माध्यमबाट विभिन्न अवसरहरु चाहिँ पाउन सकिन्छ । त्यो अवसर मैले पाएको छु ।

० रेडियो÷एफ.एम.ले अहिले मनोरञ्जनलाई बढी र सूचना समाचारलाई कम किन प्राथमिकता दिएका होलान् ?

हेनुहोस् सामुदायिक रेडियोले समुदायका सूचना निशुल्क बजाउँछ । नेपालको एक नंम्बर भनिएको पत्रिकाले निशुल्क मान्छे हराएको सूचना आजसम्म छापेको छ । छैन । तर नेपालका सयौं सामुदायिक रेडियोले सूचना बजाएका छन् ।

मागको आधारमा पुर्ती हुने नियम सर्वमान्य रहेको छ । अहिले पछिल्लो समयमा युवा स्रोताहरु बढी रेडियोमा समाचार भन्दा पनि मनोरञ्जनात्मक कार्यक्रम सुन्न मन पराउँछन् । त्यसैले रेडियोमा सूचना, समाचार भन्दा पनि मनोरञ्जन प्राथमिकतामा परेको हुन सक्छ । तर सन्देशमुलक सूचनानै हो । हामीले दिने भनेको ।

० सामुदायिक रेडियो ठिक कि निजी ?

हेर्ने हो भने सामुदायिक रेडियो र व्यवसायिक रेडियो आ–आफ्नो ठाउँमा ठिक छन् र दुबैको आफ्नै महत्व छ । महत्वपूर्ण कुरा के हो भने सामुदायिक रेडियोहरु पूर्ण रुपमा समुदायप्रति उत्तरदायि हुनुपर्छ । सामुदायिक रेडियोले प्रत्येक समाजको आवाज बोल्न सक्नुपर्छ अनि व्यवसायिक रेडियोका पनि आफ्नै नीति नियम हुन्छन् । व्यवसायिक रेडियो पनि पूर्ण व्यवसायिक हुनुपर्छ । तर व्यवसायको नाममा सामाजिक भावनालाइ भुल्नु हुन्न ।

० रेडियोले युवालाई कसरी÷किन समेट्नु पर्ला ?

देशको मेरुदण्ड भनेकै युवा हुन् त्यसैले युवाहरुलाई रेडियोमा विभिन्न अवर दिनु पर्छ । युवा अवस्थामा नयाँ जोश जाँगर अनि याँ सोच हुन्छ । युवालाई मार्गदर्शन गरी रेडियोमा समेट्नुपर्छ ।


तपाईको प्रतिक्रिया