घोराही – दाङको घोराहीमा जारी शहीद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा युएनविसी एकेडेमी र फुर्सेखाली युवा क्लब विजयी भएका छन् ।

भरतपुर खेल मैदानमा भएकोयुएनविसीले रतनपुर– ११ लाई २–० गोलअन्तरले पराजित गरेको हो । युएनविसीका तर्फबाट रुपक शाही र जुमनराज बुढाले गोल गरेका थिए । अर्को खेलमा फुर्सेखाली युवा क्लबले अटल युवा क्लबलाई २–१ गोलअन्तरले पराजित ग¥यो । फुर्सेखालीका तर्फबाट मनिष बुढा र विराज रोकाले गोल गरेका थिए । अटलका तर्फबाट थम्मन बुढाले गोल गरे ।


तपाईको प्रतिक्रिया