
– दल बहादुर लामा, काभ्रे
~गजल~
देशको उपलव्धि देख्दिन आन्दोलनबाट!!
बरु मिल्थ्यो राहत युद्धको समापनबाट!!
ईश्वर कसरी खुसी हुन्छ ? सोच्नुहोस् अब,
यसरी थलियो पुजा पशुको गर्धनबाट!!
पुराना शालिक र मुर्ति जोगाएर नराखेसम्म,
देख्दिन म सहिदको सम्मान परिवर्तनबाट!!
मनमा कुविचार बाेकेर कति बाँच्छौ ? तिमि
भन! के आश गर्छौ?सफलताको जीवनबाट!!
हेर्न सक्दिनन् ,सायदै आफ्नो आमाले छोरालाई,
जहाजमा मृत लास निकाल्दा कफनबाट!!