बनेपा – ‘मेहेनत गरे हरेक सफलता पाउन सकिन्छ, तर त्यसको लागि मेहेनत आवश्यक पर्दछ’ काभ्रेको बनेपामा मेहेनतवाट सृजना भएको संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सोमवारवाट १७ औं बर्षमा प्रवेश गरेको छ । १७ बर्ष प्रवेशको अवसरमा उसले विविध कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

शिक्षा विद्यार्थीका लागि विद्यार्थी राष्ट्रको समुन्नती र विकासको लागि भन्ने मुल नाराका साथ नैतिक,व्यवहारिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिदै आएको प्रतिष्ठानको १६ औं बार्षिकोत्सव प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सामाजिक विकासको लागि आफूहरुले सदैव शिक्षामा जोड दिएको बताए ।

काभ्रेमा पनि एकै छानामुनी प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्यनअध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरेको वैद्यले बताए । ‘हामी एकै छानामुनी सबै प्रकारको शिक्षा दिन सकिन्छ भनेर लागेका छौ’ अध्यक्ष कार्यक्रमको सभापतित्व ग्रहण गर्दै भने । बार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका संचालक समितिका सदस्य प्रताप वैद्यले एक बर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरेका थिए ।

 

एक बर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगितमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको वैद्यले बताए । अर्का संचालक आत्मराम थापाले भौतिक, नैतिकसँगै व्यवहारिक शिक्षा ज्ञानकुञ्जवाट प्रदान भैरहेको र समय सापेक्ष सुधारको लागि अभिभावकहरुसँग थापाले सुझावको अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठानले संचालन गरेको कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलगाई, सहायक प्रिन्सिपल जेन वादे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम, उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, बनेपा नपा–८ का अध्यक्ष दानबहादुर मानन्धर, वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, प्याब्सन काभ्रेका अध्यक्ष पुर्णकुमार श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामा, ईलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाई, फोटो पत्रकार महासंघ प्रदेश ३ का संयोजक केशवराज पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले हरेक बर्ष रचानात्मक कार्यहरु गर्ने गरेको छ । उसले काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको छ । यो बर्ष काभ्रेको शैक्षिक विकासमा योगदान पु¥याउने शिक्षासेवीहरु नारायणकृष्ण वादे, नारायणप्रसाद वैद्य, रत्नप्रसाद कायस्थ र जुजुभाइ पोटेलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले तल्लो तहदेखिनै विद्यार्थीहरुलाईल रहेक क्षेत्रमा अब्बल बनाउँदै लगेको छ । जिल्ला स्तरमा हुने खेलकुद प्रतियोगिता तथा अतिरिक्त कृयाकलापहरुमा ज्ञानकुञ्ज सदैव अब्बल देखिने गरेको छ । त्यस्तै क्याम्पस तहमा समेत यो विद्यालयले उत्कृष्ट अंक ल्याउने गरेको छ । यो बर्षमात्रै एबिएसमा जिल्ला टप गरेर आफूलाई उत्कृष्ट संस्था रहेको प्रमाणित गरेको छ । एमबिएसको प्रथम सेमेष्टरमा उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुने कंचन दाहाल दोस्रो हुने रोमी रंजित र तेस्रो हुने दिपा श्रेष्ठ, जस्मिन कपालीलाई सम्मान गरेको छ ।

सो अवसरमा २०७१ सालको एसएलसी परिक्षामा उत्कृष्ट विद्यार्थी उत्तम बिष्टले बिइ केमिकल इञ्जिनियरीङमा केयू टप गरेकोमा सम्मान गरेको छ । प्रतिष्ठानमा १० बर्षदेखि कार्यरत दिर्घजिवी शिक्षक इ.जेन्दी वादे तथा कर्मचारीहरु अनुशासन प्रमुख सुधिर थापा, भान्सा प्रमुख लक्ष्मीनारायण तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । प्रतिष्ठानले हरेक बर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । यो बर्ष प्रतिष्ठानले एक सय विद्यार्थीलाई २५ लाखको छात्रवृत्ति प्रदान गरेको छ ।


तपाईको प्रतिक्रिया