आज मिति २०७५ साल फागुन६ गते, इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख । शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण, शिशिर ऋतु । नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष, चतुर्दशी तिथि सोमबार ।
 

मेष 
आर्थिक लाभ हुनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । व्यवसाय विस्तार हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिवारमा खुशी छाउनेछ ।

वृष
आत्मविश्वास बढ्नेछ । राजनीतिक तथा सामाजिक क्षेत्रमा आफ्नो बर्चश्व बढ्नेछ । जटिल समस्याहरु समाधान हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनोरन्जनात्मक कार्यमा सहभागी भइनेछ ।

मिथुन 
कार्यस्थलमा उतार चढाव आउनेछ । प्रतिस्पर्धीहरुका कारण तनाव सिर्जना हुनेछ । खर्च बढ्नेछ । साथीहरुको सहयोग मिल्नेछ । आज यात्रा गर्नु उचित हुनेछैन ।

कर्कट 
महत्वाकांक्षाहरु पूरा हुनेछन् । रोकिएका काम सुचारु हुनेछन् । कला तथा साहित्यमा प्रगति हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । परिवारका सदस्यको साथमा रमाइलो भ्रमणको योग रहेको छ ।

सिंह 
करियरमा प्रगति हुनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । नयाँ योजनाहरु बन्नेछन् । रोकिएको धन प्राप्त हुनेछ । सहकर्मीहरुको साथ र सहयोग मिल्नेछ ।

कन्या 
जटिल समस्याहरु पनि समाधान गर्न सकिनेछ । नयाँ रोजगारी प्राप्त हुनेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । घरमा पाहुनाको आगमन हुनेछ । मन प्रसन्न रहनेछ ।

तुला 
काममा बाधाहरु आउनेछन् । प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । मानसिक तनावले गर्दा स्वास्थ्यमा असर पर्नेछ । जीवनसाथीको साथ मिल्ल्नेछ ।

वृश्चिक 
व्यवसायमा सफलता मिल्नेछ । पदोन्नतिको योग रहेको छ । प्रतियोगितामा जित हासिल हुनेछ । नयाँ कार्यको सुरुवात हुनेछ । परिवारमा खुशी छाउनेछ ।

धनु 
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । मुद्दा मामिलाको फैसला आफ्नो पक्षमा हुनेछ । छोटो यात्राको योग रहेको छ । आत्मसन्तुष्टि मिल्नेछ । काममा प्रशंसा प्राप्त हुनेछ ।

मकर 
रचनात्मक क्षमतामा वृद्धि हुनेछ । व्यवसायमा नयाँ सम्झौता हुनेछ । करियरमा प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । परिवारमा खुशी छाउनेछ ।

कुम्भ 
आज परिणाम आफ्नो पक्षमा आउनेछ । खर्च बढेतापनि आर्थिक पक्ष सबल रहनेछ । व्यवसायिक कामको लागि यात्राको योग रहेको छ । आत्मविश्वास बढ्नेछ ।

मीन
सकारात्मक ऊर्जा बढ्नेछ । काममा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । प्रियजनको साथ र सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल रहनेछ ।


तपाईको प्रतिक्रिया