धुलिखेल – नेपाल सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउदै उहाँले समावेशिताको आधारित लोकतन्त्र स्थापना गरेको बताए ।

धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिवस तथा साक्षर नगर घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यतीखेर सबै नेपाली तथा अन्र्तराष्ट्रिय सम्बन्धहरुसँग मिलेर नेपालको समग्र विकास निर्माणका लागि अगाडि बढी रहेको बताए । उहाँले विकासको प्रणालीलाई सदृढ, मौजबुत बनाउन सरकार लागि रहेको समेत बताए । अहिले तीनै तहको सरकारले काम गर्दा मात्र सुखी नेपाली समृद्ध बन्न सक्ने बताउनुहुँदै संघीय सरकार मात्र दायित्व नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारको एक बर्षमा भएका कामको आलोचना र समर्थन दुवै रहेको र सरकारका कमिकजोरी भए सुधार्न तयार छौ भन्नुभयो । दक्षिण कोरियाको उल्जिन शहरसँग धुलिखेल नगरपालिकाले भगिनी सम्बन्ध राखेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री बास्कोटाले दुई नगरको सम्बन्धले नेपाल सरकारको खुशी नेपाली समृद्ध नेपालमा सहयोग पुग्ने उपेक्षा लिएको बताए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल नगरपालिकाले गरिरहेको विकास निमार्णको अबस्थाको बारे र धुलिखेल नगरले अहिले गरिरहेको कामहरुको बिषयमा बोलेका थिए ।

धुलिखेल नगरपालिका र कोरियाको उल्जिन शहरसँग भगिनी सम्बन्धमा कोरियाको उल्जिन शहरका मेयर जोनछाङ जोङ र धुलिखेलका मेयर व्याञ्जूले हस्ताक्षर गरेकाछन् । कार्यक्रममा विभिन्न साँस्कृति झाँकी सहित धुलिखेल नगर परिक्रममा गरिएको थियो । सो अवसरमा धुलिखेल नगरमा १५–५९ उमेर समुहमा ९७ प्रतिशत नागरकि शिक्षित रहेकाले नगरलाई साक्षर नगर समेत प्रमुख अथितिबाट घोषणा गरिएको थियो ।


तपाईको प्रतिक्रिया