धुलिखेल – धन कमाउने सपना का साथ दुबईपुगेका छिरिङ्ग दुवइमा काम गर्दा गर्दै १८ महिनापछि एक्कासी रक्तचाप उच्च देखिएर उपचारार्थ स्वदेश फर्किएका छिरिङ्ग तामाङ्गको मृगौला फेल भएको अस्पतालबाट पुष्टि भएपछि तनाव खेप्न बाध्य भएको छिरिङ्ग परिवारले उनको उपचारमा आफुसँग भएको सबै सम्पत्ति सकिदा पनी उपचार पूरा हुन नसक्दा खर्च अभाव मा थप उपचार गर्न कठिन हुदै गएका उनकी श्रीमती सलीना तामाङ्गले बताएकी छिन्।

दुवै मृगौलाले काम गर्न छोडेपछि ९ महिनादेखि डायलसिस गराउँदै आएका काभ्रेका विरामी छिरिङ्ग तामाङ्गको उपचारका लागि खर्च जुटाउन हाल सराेकारवाला दातृ निकाय र सहयोग गर्न चाहने ब्यत्ती संघ संस्था र समूह काे सहयोगको खोजीमा उनको परिवार लागि परेको छ ।

अस्पतालद्वारा विरामीकी श्रीमती सलीनाकी आमाको मृगौला प्रत्यारोपणका लागि मिल्ने भनेर जानकारी दिएपछि यसका लागि चाहिने झण्डै १५ लाख रुपैया जोहो गर्न उनी भौंतारिएर लागेकी छिन् । अहिलेसम्म कसैसँग सहयोगका लागि हात नफैलाएको भएपनि अब दाताहरुको सहयोग विना सम्भव नभएपछि बाध्य भएर सहयोग माग्न पुगेको उनले बताईन् ।

अस्पतालमा विरामी कुर्ने आफन्त कोही नभएको र घरमा साना नानीहरुको विचल्ली पर्ने हुन् की भन्ने चिन्ताग्रस्त देखिएकी विरामी छिरिङ्गकी श्रीमती विछिप्त अवस्थामा सहयोग कहा खोज्ने र कस्ले दिन्छन् ? भन्नेमा अलमल्ल परेको बताउँछिन् । सहयोग दिन चाहने दाताहरुलाई उनले यो गम्भिर अवस्थालाई बुझेर एक पटक विरामीको मुख हेरी सहयोग उपलब्ध गराई दिन आग्रह गरेकी छिन् ।

सहयोग गर्न चाहने जो सुकै दाताहरुले ९८१३९१५३५७ नम्बरमा सम्पर्क गरी सहयोग रकम उपलब्ध गराउन सकिने पनि उनले बताएकी छिन् । त्यसैगरी दाताहरुले बैंकमार्फत सहयोग गर्न चाहेमा नबिल बैंकमा आफ्नो नाममा खाता रहेको र ४२१००१७५०५१९६ खाता नम्बरमा स्वविवेकले जे जति सकिन्छ रकम दाखिला गरिदिन समेत पीडितकी श्रीमती सलीना तामाङ्गले आग्रह गरेकी छिन् ।


तपाईको प्रतिक्रिया