युवा विद्यार्थी नेता जेनिश लामा दोङ पछिल्लो समय तोङ्वाको तालमा मातिने गरेका छन् । तोङ्वा उनलाई यस्तो लाग्ने गरेको छ की उनले आफ्नो र अर्काको घर समेत छुट्टाउन नसक्ने भएका छन् ।

गायक सन्जिव वाइवा अहिले यो चिसो महिनामा वैंशले हो कि नशाले हो ,मैच्याङको ढोकैमा पुगेछु भनेर जेनिश दोङलाई नायिका तथा मोडल दिप्ती गोम्जा तामाङको घरमा डो¥याउन अवस्थामा पुगेका छन् ।

वास्तवमा मोडल जेनिश दोङलाई तामाङनी दिदीले तयार पारेको तोङ्वा लागेकै थियो । माघको चिसो मौसममा मोडल दिप्ती गोम्जाको मायामा डुबेका मोडल दोङ साथीको लहलहैमा तोङ्वा तान्न तयार हुन्छन् । भर्खरको अल्लारे, १८ पुगेर १९ लागेका मोडल दोङलाई कुरकुरे बैंश त लागेको नै थियो ।

तोङ्वाको तालमा घर हिँडेका मोडल दोङ प्रेमीको घरमा पुगेको हुन्छ । बिचरी मोडल दिप्तीले के गरोस् ? माया त उनले पनि गरेकी नै थिइन् तर सपनाको राजकुमारको हालत देखेर केही समय त रिसाइन् तर चिसोको मौसममा प्रेमीलाई बाहिर राख्न उनको मनले मानेन । अनि उनले पछ्यौरी ओढाएर न्यानो दिन खोज्दैछिन् ।

तोङ्वा खुवाएर प्रेमीको घरमा पठाउने गायक सन्जिव वाइवा भने

’नशाले हो कि वैंशले हो , बुद्धि र सुद्धि कम भाको ,
च्याङवा त आयो मैदानमा

कोही छ कि मैच्याङ दम भाको’ भन्दै साथीहरूसँग तोङ्वा तान्दै गीत गाइरहेका छन् ।

यो कुनै नाटक वा कथा होइन । नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक सन्जिव वाइवाको म्युजिक भिडियो ’जाडो है महिना’ को कथा हो ।

यो आधुनिक तामाङ सेलो अहिलेसम्म निर्माण भएको म्युजिक भिडियो भन्दा उत्कृष्ठ छन् भन्दा फरक नपर्ला । ल्होछारको अवसर पारेर थ्यग त्गदभ ऋजबलभ ि बाट सार्वजनिक गरेको यो म्युजिक भिडियोमा नव मोडल जेनिश दोङ तामाङ र मोडल दिप्ती गोम्जा तामाङले उत्कृष्ट अभिनय गरेका छन् ।

अजय स्याङ्तानको छाँयाङ्कन पनि प्रसंशा गर्न योग्य छन् भने कोरियोग्राफरले नव मोडल जेनिश दोङ तामाङ र मोडल दिप्ती गोम्जा तामाङलाई कथासंग सुहाउँदो अभिनय गराउन सफल भएको देखिन्छ । यो गीतको शब्द रचना र संगीत भने स्वयम गायक संन्जिव वाइवाको रहेको छ ।

तामाङ समुदायका चर्चित गायक चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो भने अन्तर्रा्ष्ट्रिय तामाङ परिषदका कुमार योन्जन र नेपाल तामाङ घेदुङका महासचिव मोहन घोले विशेष अतिथि रहेका थिए ।

बरिष्ट संगितकार तथा गायक चन्दुकुमार दोङले गायक सन्जिव वाइवाको प्रशंसा गर्न छोडनु भएन । करिब बिस वर्ष देखि निरन्तर गायन क्षेत्रमा लागि रहनु भएकोमा उहाँले गर्व गर्नु भयो । अहिलेको म्युजिक भिडियो एकदमै राम्रो रहेको र सफलताको शुभकामना पनि दिनु भयो ।

को हुन् जेनिश दोङ तामाङ ?
नव मोडल जेनिश दोङ तामाङ अभिनयको क्षेत्रमा नयाँ भएता पनि सामाजिक, राजनीतिक र व्यवसायीक रूपमा चिरपरिचित यूवा हुन् ।

विशेष गरेर विद्यार्थी राजनीतिमा नाम कमाउन सफल जेनिश दोङ सानै उमेरमा राजनीतिक क्षेत्रमा सफलता प्रप्ता गर्ने कुशल होनाहार युवा हो । हाल काभ्रे जिल्लाको एक प्रभावशाली युवा नेता नै हो भन्दा फरक पर्दैन ।

यत्ति मात्रले नव मोडल जेनिश दोङ तामाङको परिचय पुरा हुदैन । उनी एक तामाङ चलचित्र निर्माता तथा लेखक पनि हुन् । तर आदिवासी जनजाति चलचित्र जगतमै उत्कृष्ट डकुमेन्ट्री नालिस निर्माणपछि भने दोङ चलचित्र तथा संगीतको क्षेत्रबाट अलि टाढा नै बस्नु भएको थियो ।

नव मोडल जेनिश दोङ तामाङले निर्माण गरेको पहिलो तामाङ चलचित्र ’आमाला माया’ हुन् भने दोस्रो तामाङ चलचित्र ’ह्युलला माया’ हो । यो दुवै चलचित्रले तामाङ समुदायमा एक नयाँ तरङ्ग नै ल्याएको थियो । यस अर्थमा पनि जेनिश दोङ तामाङलाई नव मोडलको नामाकरण गर्दा उनी माथि अन्याय गरेको हुने छ ।

उनले तामाङ चलचित्र संघलाई विधिगतरूपमा दर्ता गरी तामाङ भाषाको चलचित्र क्षेत्रलाई फराकिलो बनाउने कार्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ भने तामाङ चलचित्र संघको चार कार्यकालसम्म अध्यक्षको पदमा रहेर सफल कार्यकाल पनि निर्वाह गर्नु भएको तामाङ समुदायले कहिल्यै विर्सन सक्दैनन् ।

म्युजिक भिडियो हेर्न लिन्क खोल्नुहोस :


तपाईको प्रतिक्रिया