– सुनिल अधिकारी, काठमाडौं

मुक्तक-१
कति यस्ता छन् जति सोझ्याए पनि बाङ्गै देखिन्छन्
जति नै छोपे पनि तिनका ती चरित्र उदाङ्गै देखिन्छन्
आ-आफ्नो परिवेशमा निर्वस्त्र त होलान् जो कोहि पनि
जति कपडा लगाए पनि कोहि त झन् नाङ्गै देखिन्छन् ।

मुक्तक-२
विगतका अनुभवलाई टेकेर, अर्तीको कुरा गर्छु
आवाद बस्तिको मात्रै होइन, पर्तीको कुरा गर्छु
आकाशका तारा टिप्ने जून झार्ने मान्छे म होइन
माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु ।

मुक्तक-३
धुम्म दिन पनि खुल्छ आगमनसँगै वर्षातको
जसरि रातले संकेत दिन्छ त्यो सुनौलो प्रभातको
निरास नहुनु कदापि जीवनमा दु:ख पर्यो भनेर
अन्त्य आफैंमा पहिलो कदम हो नयाँ शुरुवातको !


तपाईको प्रतिक्रिया