ज्ञानेन्द्र दाहाल
प्रबन्धक (काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ)

युवाले अवसर पाएमा हरेक क्षेत्रमा उत्कृष्ठता देखाउने प्रमाण बन्दै गएका छन्, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रवन्धक ज्ञानेन्द्र दाहाल । उमेर ३० मात्रै टेक्दै गरेका दाहालको नेतृत्वमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका कर्मचारीहरु परिचालित छन् । संघ संस्था कसरी चलाउन सकिन्छ भनेर हेर्नको लागि देश तथा विदेशका सयौं सहकारीका अगुवाहरुलाई दाहालले आफूले प्रयोग गरेका कुराहरु अनुभवहरु सुनाउने गरेका छन् ।

दाहाल काभ्रेको मण्डनदेउपुर–८ का स्थायी बासिन्दा हुन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रवन्धक समेत रहेका दाहाल काभ्रेका युवा सहकारी अभियान्ताका रुपमा समेत स्थापित बनिरहेका छन् । उनले सिकेका कुराहरु जिल्लाभरमा पुगेर उनले सिकाउने गर्दछन् ।

जिल्ला सहकारी संघले बचत तथा ऋणको काम मात्रै गर्ने गरेको छैन नमूनाको रुपमा कार्यालय कसरी संचालन गर्न सकिन्छ भनेर जिल्लाभरिका संघहरु मध्ये उत्कृष्ट बनेर समय समयमा पुरस्कृत समेत बनेको छ । त्यसमा सहकारीकर्मीसँगै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रवन्धकको उत्कृष्ठ कार्यसम्पादनको कारणले संम्भव बनेको छ । उनै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रवन्धक रहेका दाहालसँग खबरचौतारी साप्ताहिकले गरेको कुराकानीको अंश :

 

0 काभ्रेमा बचत तथा ऋण सहकारीको अवस्था कस्तो छ ? काभ्रेमा जिल्ला बचत तथा ऋण सहकारी संघमा आबद्ध संस्थाहरुले कसरी काम गरिरहेका छन् ?

काभ्रे सहकारीको हिसावले निक्कै उर्वर रहेको छ । विगतमा यहाँका सहकारी अगुवाहरुले खेलेको भुमिकाकै कारणले काभ्रेका सहकारीहरुले आफूलाई अब्बल दर्जाको रुपमा उभ्याउन सफल भएका छन् ।

काभ्रे जिल्ला सहकारी, सहकारीता र सहकारी आभियानका क्षेत्रमा आफ्नो छुट्टै पहिचान र छुट्टै स्थान बनाउन सफल जिल्लाका रुपमा परिचीत जिल्ला हो ।

जिल्लामा करिब उक हजार पाँच सय विभिन्न उदेश्यका सहकारी स्थापना भएका छन् । उनीहरुले डिभिजन सहकारी कार्यालयवाट विधिवत रुमिा स्थापित भएर आफ्नो सेवा प्रवाह गरिरहेका छन् ।

काभ्रेमा स्थापना भएका फरक–फरक प्रकृतीका सहकारीहरुले आफ्नो क्षेत्रवाट उत्कृष्ठ योगदान प्रदान गरेका छन् । काभ्रेका बचत तथा ऋण सहकारी संस्थाहरु ६ सयको हाराहारीमा रहेका छन् ।

काभ्रेमा लामो समयदेखि दुग्ध उत्पादक सहकारी संस्थाहरुले योगदान दिइरहेका छन् । जसको कारणले विभिन्न समयमा पुरस्कृत हुने सहकारीहरु समेत छन् । काभ्रेमा पशु बिमा सहकारी नेपालमै रोल मोडलको रुपमा अघि बढेको छ । नेपालमा रहेका बिषयगत उत्कृष्ट सहकारी र सहकारीकर्मीहरुको नाम लिदा काभ्रेको नाम अघि आँउछ । राष्ट्रिय सहकारी संघको नेतृत्वमा समेत काभ्रेकै अग्रणी सहकारीकर्मी तथा सहकारीबिज्ञ रहनुले काभ्रेको सहकारीको विकासलाई स्पष्ट पार्छ ।

काभ्रेमा रहेका ६ सय बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन । त्यसमध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । निरन्तर बचत ऋणको कारोबारसँगसागै सामाजिक र साँस्कृतिक विकासका कार्यहरु गरिरहेका छन् ।

जिल्ला बचत संघमा हाल दुई सय २६ वटा मात्र साकोसहरु आबद्ध भएका छन् । जुन समग्र साकोसहरुको तुलनामा कम देखीन्छ तर क्षेत्रगत रुपमा हेर्नेहो भने हाम्रो अब ग्रामीण क्षेत्रमा सदस्यता विस्तारको कार्य बाँकी देखिन्छ । त्यसका लागि जिल्ला बचत संघले ग्रामीण भेगमा पुगेर सहकारी शिक्षा कार्यक्रम संचालन गरिरहेको छ ।

संघमा आबद्ध अधिकांश संस्थाहरु सहकारी ऐन नियम र कानुनका अधिनमा रही सहकारीका सिद्धान्त, मुल्य मान्यताका अधिनमा आफुले स्विकृत प्राप्त कार्यक्षेत्रमा नविनतम एंव उच्चतम प्रविधि अत्मसात गर्दै आफ्ना सदस्यहरुको सामाजिक साँस्कृतिक र आर्थिक विकासका केन्द्रित भै कार्य गरीरहेका छन् ।

हामीले संघमा आबद्ध भएका सहकारीलाई मात्र नभएर जिल्लाा रहेका सहकारीहरुलाई कसरी सहकारी शिक्षा प्रदान गर्न सकिज्छ भनेर सहकारी शिक्षासँगै लेखा तालिमहरु प्रदान गरिरहेका छौ ।

 

0 छाता संगठनको रुपमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले के कस्ता काम गरिरहेको छ ?

एउटा संस्थाले गरेको काम सानो देखिन्छ तर हामी सबै मिलेर गरेको काम राम्रो र उत्कृष्ठ देखिन्छ । हामीले सबैको समस्या र राम्रो कुरा मिलेरसँगै गरौ भनेर जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापना गरेका हौ ।

जिल्ला बचत संघ आफ्ना सदस्य संस्थाहरुको तालिम गोष्ठी मार्फत कर्मचारी र सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा मुख्य रुपमा केन्द्रित रहेको छ । संस्थामा संलग्न मानवस्रोतको क्षमता अभिवृद्धिबाट मात्र संस्थाले प्रगती गर्न सक्छ भन्ने मान्यता सहित हामि विभिन्न शिर्षकमा, विभिन्न तहका कर्मचारी र सञ्चालक तथा लेखा समितिका व्यक्तिहरुलाई सम्पादन गर्नपर्ने कार्यका आधारमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।

संघमा सहकारी सूचना केन्द्र सञ्चालन गरी सहकारीका खराव ऋणीहरुको अभिलेख राख्ने कार्यले पनी निरन्तरता पाईरहेकोे छ । संस्थाहरुलाई आवश्यकता पर्दा माग बमोजिमका नीति तथा कार्यविधि, आवधिक तथा रणनैतिक योजना तर्जुमा तथा मस्यौदामा संघले कार्य गर्दै आएको छ । जिल्लामा रहेको विभिन्न निकायहरुबाट विभिन्न निकायहरुबाट अनुगमन पर्दा आवश्यक समन्वय पनि हामी गर्दै आएका छौ भने अन्तरलगानी कार्यक्रमको निरन्तरता कायमै रहेको छ । जिल्ला बचत संघ भनेको सहकारीको विकासका लागि कृयाशिल रहेको संस्था हो । हामीले सहकारीको विकासको लागि काम गरिरहेका छौ ।

 

0 ऋण प्रवाहका अवस्था र त्यसवाट तल्लो तहका जनताले कसरी सेवा पाईरहेका छन् ?

काभ्रे जिल्लामा समग्रमा ऋण लगानीको अवस्था राम्रो रहेको छ । जिल्लामा सञ्चालित अधिकांश सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई आफ्नो क्षमता र अवस्थाका आधारमा आवश्यक धितो जमानत राखेर ऋण लगानी गर्दै आएका छन् । कति संस्थाहरुले भने बचत तथा अन्य जमानतका आधारमा विना धितो ऋण लगानी गरेका छन् । सहकारीका सदस्य प्राय ग्रामीण तहका र आर्थिक रुपमा पिछडिएका व्यक्तिहरु रहेका छन् । ठुलो क्षमता राख्ने र आर्थिक रुपमा सक्षमहरुको पहुच बैंक तथा फाइनान्समा रहदै आएको देखीन्छ । उनीहरुको आवश्यकता पनी ठुलो हुने र सहकारीको पुँजी त्यसमा नपुग हुने भएकोले पनी त्यस्तो भएको हुन सक्छ तर थोरै आवश्यकता र साना लगानी मार्फत आफ्नो जिविका सञ्चालन गर्ने तहको आर्थिक अवश्यकता भएका व्यक्तिहरुमा सहकारीले आफ्नो क्षमता अनुसार सेवा दिइ रहेका छन् ।

 

0 खासगरि संघमा आबद्ध शहर र गाँउका सहकारीबिचको भिन्नता के रहेको छ ?

सहकारीमा शहर र गाँउ भनी त्यस्तो तात्विक भिन्नता देखीदैन । शहरी क्षेत्रका सहकारीहरुमा बचत संकलन गर्ने तथा ऋण लगानी गर्ने क्षमता धेरै रहने र ती संस्थाका सदस्यहरुको आवश्यकता अलि धेरै ठुलो रहेको देखीन्छ भने गाँउका सहकारीहरुमा बचत संकलन तथा ऋणको परिचालन अंकमा थोरै रहन्छ ।

 

0 सहकारीहरुले सस्तोमा बचत संकलन गर्ने तर सहकारीमा आबद्ध सदस्यलाइ चर्काेमा व्याज दरमा लगाउने परिपाटीको विकास भैरहेको हो ?

पछिल्ला केही बर्षदेखी वित्तिय बजारको अवस्था आंकलन गर्न नसकिने अवस्थामा पुगेको छ । केही बर्षदेखी पौष मसान्त पश्चात वित्तिय बजारमा पूजी परिचालन प्राय ठप्प रहदै आएको छ । कतिपय बैंक तथा फाइनान्सहरुले समेत १५ % भन्दा बढी व्याजदरमा ऋण लगानी गर्दै आएको देखीन्छ । यसका बाबजुत केही सहकारीहरुले आफ्नो संस्थागत क्षमताका आधारमा १५% भन्दा कम व्याजदरमै ऋण लगानी गरेको पाइन्छ । सहकारीहरुले सस्तोमा ऋण लिई चर्को व्याजदरमा ऋण लगानी गरेका हुन पनी सक्छ तर कानुनले बचत तथा ऋणको व्याजदरको फरक ९क्उचभबम च्बतभ० तोकेको छ यस्तो भेटिएमा सदस्यहरुले आफै जानकारी लिई सम्बन्धीत नियामक निकायमा जानकारी गराई सहकारीलाई सचेत गराउन सक्ने प्रावधान रहेको छ ।

 

0 काभ्रेमा राम्रोदेखि झोले सहकारीहरुसम्म छन् ? तिनीहरुको अनुगमन गर्नको लागि संघले केही योजना बनाएको छ ?

वास्तवमै काभेमा अरवैंको वासलात देखी २–५ लाख मात्रको वासलात भएका सहकारीहरु रहेका छन् । केही संस्थाहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत ख्यातीप्राप्त रहेका छन् । आफ्ना सदस्य संस्थाहरुको अनुगमन तथा निरिक्षण गर्न पाउने व्यवस्था सहकारी ऐन २०७४ ले समेत गरेकोमा बचत संघ काभ्रेले अनुगमन तथा समन्वय उप समिति गठन गरी अनुगमनका लागि कार्यविधि तथा अनुगमन प्रणालीको सुरुवात गर्ने तयारी थालेको छ ।

 

0 सहकारीको दर्ता खारेजी समेतको अधिकार स्थानीय निकायमा गएपछि बचत संघले स्थानीय निकायसँग कसरी सहकार्य गरेर अघि बढेको छ ?

बचत संघले जिल्लाका सम्पुर्ण स्थानीय तहमा गठन भएका सहकारी विभाग प्रमुखहरु संग सहकार्य गर्दै अघि बढ्ने योजना लिएको छ ।

 

0 काभ्रेमा सहकारीहरुको संम्भावना र समस्या कस्तो रहेको छ ?

जिल्लामा सहकारीको सम्भावना प्रवल रहेको छ । सहकारी मार्फत जिल्लाका सवै भेगमा जनताहरुको अर्थिक तथा सामाजिक विकास गर्दै आत्मनिर्भरताको विकास गर्न सकिनेमा म विश्वस्त रहेको छु । सहकारीका मुल्य मान्यता र सिद्धान्तहरुको पालना गर्दै सहकारी बैंक तथा वित्तिय संस्थाका रुपमा नभइ सहकारीकै रुपमा सञ्चालन गर्दै अघि बड्दै जाने हो भने सहकारी र सहकार्यमार्फत समृद्ध जिल्लाका रुपमा काभ्रे पक्कै रहनेछ । जिल्लामा सहकारीका समस्या भनेको संस्थाहरुले आफ्नो उद्देश्य बमोजिमको कार्यमा मुल रुपमा केन्द्रित नहुनु हो जस्तो कृषी सहकारी, उत्पादन सहकारी, उपभोक्ता सहकारी लगायत अन्य उद्देश्यका सहकारीहरु समेत बचत ऋणको कारोबारमा केन्द्रित देखीएका छन् । सहकारीको अर्को समस्या भनेको अनुगमनको कमि र पछिल्ला दिनमा सहकारी स्थानिय तहमा हस्तान्तरण हुँदा जिल्लाका केही स्थानिय तहमा बाहेक अन्यमा सहकारी बुझेका व्यक्तिहरु सहकारी विभागमा नहुनु पनी रहेका छन् ।

 

0 एकै व्यक्ति धेरै सहकारीको सदस्य बन्ने तथा धेरै सहकारीवाट ऋण लिने परिपाटीको अन्त्य गर्न बनाउने योजना कहाँ पुग्यो ?

एकै व्यक्तिले एउटै व्यवसायिक योजना मार्फत धेरै सहकारीहरुबाट ऋण कारोबार गर्ने र नीजको व्यवसाय धरासाई हुँदा धेरै संस्थाको ऋण विग्रिने अवस्थालाई मध्यनजर गर्दै संघले २०७१ साल देखी सहकारी सूचना केन्द्रमा खराव ऋणीहरुको अभिलेखनको थालनी गरेको थियो जुन आजको दिनमा पनी सञ्चालन रत रहेको छ । केही संस्थाका केही व्यक्तिहरुको गलत बुझाइका कारण सूरुवाती दिनमा सहकारी सूचना केन्द्र सञ्चानमा केही कठीनाई पकै आएका थिए तर अजका दिनमा आईपुग्दा ७५ भन्दा वढी संस्थाहरु सहकारी सूचना केन्द्रमा आवद्ध रहेका छन् ।

 

0 सहकारी विकासमा के के समस्या रहेका छन् ?

सहकारी स्वच्छ सामूहिक भावनाबाट संगठित सामूहिक रुप हो । यसमा समान उद्देश्य, चाहना, आवश्यकता तथा इच्छा भएका दुई वा दुई भन्दा बढी मानिसहरु सदस्यको रुपमा रहन्छन् । सहकारीको सदस्यता प्राप्त गर्नका लागि धार्मिक, राजनैतिक, जातिगत र भाषिक आदी कुनै प्रकारको विविधताले असर पार्दैन । आफनो दैनिक जीवनमा आइपर्ने आवश्यकताहरुको परिपूर्ति एक्लैले पूरा गर्न कठिनाई पर्ने भएकाले समूहमा रही क्रियाशील रहन्छन् । यो एक किसिमको साझा संस्था हो । सामान्य अर्थमा सदस्यको हैसियत बनाएका व्यक्ति तथा समुदायको विकाससँग सम्बन्धित संस्थालाई सहकारी भनिन्छ ।

नेपाल कृषिप्रधान देश हो । यहाँको अर्थतन्त्रमा साना तथा गरिव किसानको बाहुल्य रहेको पाइन्छ । धेरैजसो किसानहरु गरिवीको रेखामुनि रहेका छन् । उनीहरुको जीनवलाई प्रभाव पार्ने र त्यससँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने आवश्यकताहरु आफै पूरा गर्न सक्ने अवस्थामा छैनन् । आफ्नो आर्थिक तथा सामाजिक समस्याहरुको समाधान गर्न सक्ने सीप, क्षमता, दक्षता र हैसियत स्वयले विकसित गर्न नसकेको वर्तमान स्थिति देखिन्छ । त्यसैगरी अरु मानिसहरु पनि विभिन्न पेशा, व्यवसाय र रोजगारमा क्रियाशील छन् । तर उनीहरु पनि आफनो पेशा तथा व्यवसायबाट सन्तुष्टि लिन सकेका छैनन् । यसको अर्थ उनीहरुको पनि आफ्नै किसिमको आवश्यकता, चाहना र साझा उद्देश्यहरु रहेका छन् जुन पूरा भै राखेको अवस्था छैन् । यस्तो परिवेशमा सहकारी उनीहरुको जीवनका लागि आधारशीलाको रुपमा लिन सकिन्छ ।

नेपालमा पनि सहकारी ऐन नियम तर्जुमा गरिएका छन् तर सहकारीकोे महत्व सहकारीकर्मी र सर्वसाधारण मानिसहरुको तहसम्म अझै बुझाउन र पु–याउन नसक्दा सहकारी विकासमा थुप्रै समस्याहरु सृजना भएका छन् । सहकारी विकासमा देखिएका समस्याहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।

१) पुँजीको अभाव

कुनै पनि सहकारी संस्थाको उद्देश्य सदस्य तथा समुदायको साझा हित गर्नु नै हो । सहकारी संस्था सधै आम सदस्यहरुको सामाजिक तथा आर्थिक सुधार र विकासका लागि वित्तिय र अन्य आवश्यकतानुसारको परामर्श सेवा प्रदान गर्न क्रियाशील रहन्छ । तर हाम्रो जस्तो देशमा बसोवास गर्ने अधिकाँश मानिसहरुको आर्थिक अवस्था कमजोर छ । सहकारीमा आवश्यकता बमोजिम पुँजी निर्माण र त्यसको वैज्ञानिक वितरण हुन सकेको छैन् । सदस्यहरुले चाहेर पनि अपेक्षित बचत गरी पुँजी संकलन गर्न सक्दैनन् । जति मात्रामा पुँजी संकलन गर्न सकिन्छ, त्यत्ति मात्रामा व्यक्ति र समाजको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । व्यक्ति र समाजको प्रगतिका लागि सञ्चालन गरिने कार्यक्रम तथा योजनाहरु विना लगानी सम्पन्न गर्न सकिदैन् । त्यसकारण पुँजीको अभावले सहकारी विकासमा कठिनाइ उत्पन्न गराएको छ ।

२) सहकारी संस्थाहरुको अवैज्ञानिक स्थापना

सहकारीहरु आफ्नो उद्देश्य र कार्यक्षेत्रलाई सिमित राखी स्थापना भएको पाइन्छ । विशेष गरेर व्यक्ति र समुदायको विकाससँग सम्बन्धित सवै पक्षलाई समेट्न सक्ने ढंगबाट सहकारीहरु स्थापना हुन सके मात्र यसले सदस्यहरुको सर्वा्ङ्गिण विकासमा योगदान पु–याउन सक्छ । नेपालमा ग्रामीण विकास र कृषिलाई उद्देश्य राखेर धेरैजसो सहकारीहरु खुलेपनि संस्थाको कार्यालयहरु गाउँ गाउँमा अझै पनि स्थापना हुन सकेका छैनन् । सुविधायुक्त ठाउँ, शहर बजारको छेउछाउ र जिल्ला सदरमुकाममा संस्था स्थापना गर्ने प्रवृत्ति देखिन्छ । वास्तवमा गाउँका किसानहरु चाहेर पनि सहकारी संस्थासँग सम्बद्ध हुन सकेका छैनन् । यसले गर्दा पनि सहकारिताको विकास आवश्यकता अनुसार गर्न सकिएको छैन् ।

३) नेतृत्वको समस्या

सहकारी संस्था त्यस्तो प्रजातान्त्रिक भावना भएको संस्था हो, जहाँ आफनो कार्यकारिणी, सञ्चालक, नेता आफ्नै सदस्यहरुले आफूहरुमध्येबाट निश्चित अवधिका लागि विनियमले तोके बमोजिम चयन गर्नुपर्ने हुन्छ । तर संस्था सञ्चालन गर्न जुझारु, क्रियाशील, सक्षम, सेवाको भावना भएको, नेतृत्व सीप भएको क्षमतावान् व्यक्तित्वको आवश्यक पर्दछ । नेतृत्वका लागि त्यस्ता व्यक्ति छनोट गर्न कठीन छ । नेतृत्वमा पुग्ने चाहना धेरैको हुन्छ, चाहना राख्नु स्वाभाविक पनि हो तर सेवा अवधिभर क्रियाशील पाउन कठीन छ । पुरानो नेतृत्वले नछाड्ने र नयाँ नेतृत्वले नधान्ने समस्याले सहकारी विकासमा बाधा उत्पन्न गरेको देखिन्छ ।

४) सहकारी शिक्षाको अभाव

सहकारीका आधारस्तम्भ नै यसका सदस्यहरु हुन् । सक्षम, शिक्षित र क्षमतावान् सदस्य नै सहकारीका सम्पति हुन् । आफना् सवै सदस्यहरुको क्षमता अभिवृद्धि गर्नु सहकारी संस्थाको दायित्व पनि हो । तर सहकारीमा प्रवेश गर्न इच्छुक व्यक्तिलाई सहकारी शिक्षामा समावेश गरे पश्चात मात्र सदस्यता प्रदान गर्ने परम्पराको विकास सहकारीमा भएको पाइदैन् । सदस्यता प्राप्त व्यक्तिलाई पनि प्रर्याप्त रुपमा सहकारी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरु सहकारीहरुले प्रदान गर्न सकिराखेको अवस्था छैन् । एकातिर सहकारीमा सदस्यता संख्या वृद्धि गर्ने सोचको आधारमा मात्र सदस्यता वितरण गरिएको पाइन्छ भने अर्का्तिर सहकारीको सिद्धान्तलाई भन्दा पनि सदस्य बनेपछि क्रृण लिन पाइन्छ भन्ने मानसिकताबाट प्रेरित भएर सहकारीहरुमा सदस्य बन्ने लहरले सहकारी शिक्षाको अभाव प्रस्ट रुपमा देखिन्छ ।

५) दक्ष जनशक्तिको अभाव

कुनै पनि संस्थालाई आफ्नो निर्धा्रित उद्देश्य प्राप्त गर्नका लागि दक्ष, इमान्दार, सक्षम, गतिशील र लगनशील जनशक्तिको आवश्यक पर्दछ । सहकारी पनि एक किसिमको संगठित संस्था भएकोले कुशल व्यवस्थापनका लागि योग्य जनशक्ति आवश्यक हुन्छ । तर नेपालमा यस्तो साझा संस्थालाई आवश्यक पर्ने जनशक्ति पर्याप्त मात्रामा उपलब्ध छैन् । यसको प्रत्यक्ष प्रभाव हाम्रा जस्ता सहकारी संस्थाहरुमा परेको देखिन्छ । यसले गर्दा संस्थाबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा लागू हुन सकेको छैन् ।

६) नीतिगत समस्या

नेपालमा अझै पनि सहकारी संस्थाको विकास सम्बन्धी नीति विवादमुक्त रुपमा आउन सकेको छैन् । संस्थाको संस्थागत विकासका लागि नीतिगत स्पष्टता अनिवार्य हुन्छ । एकातिर अस्थिर राजनीतिक कारणले सहकारी ऐन तथा नियमावली समयानुकूल संशोधन र कार्यान्वयन हुन सकेको छैन् भने अर्का्तिर सहकारी सञ्चालक तथा सदस्यहरुले सहकारी ऐन तथा नियमावली र विनियमको अध्ययन गरी कानुनी रुपमा साक्षर बन्न सकेको अवस्था छैन् । यसले सदस्य, सञ्चालक, समान प्रकृतिका अन्य संस्था र सरकारी निकायहरुले गर्ने कामका बीच समन्वयको अभाव रहेको छ । सरोकारवालाहरुको सम्बन्धमा पहूँच वृद्धि हुदाँ सहकारिताको विकासमा श्रृजित अवरोध हटी समस्या समाधानका लागि योगदान पुग्दछ ।

७) गरिबी

नेपालका अधिकाँश किसानहरु गरिव छन् । गरिवीको कारण उनीहरु पछाडि परेका छन् । सहकारी तथा अन्य साझा संस्थाहरुबाट क्रृण लिन आवश्यक धितो समेत उनीहरुसँग छैन् । धितो राखेर क्रृण लिन सक्ने भएका किसानहरुले पनि क्रणको वास्तविक रुपमा सदुपयोग गर्न सकिराखेका छैनन् । उनीहरु आफुले लिएको क्रृणबाट दैनिक व्यवहार चलाउन व्यस्त छन् । खास गरेर लगानी उत्पादनमुखी हुन सकेका छैनन् । यसले गर्दा उनीहरुले पाएको क्रृण उत्पादक भन्दा अनुत्पादक कार्यमा बढी खर्च हुने गरेको तितो यथार्थ हाम्रो सामु छ । यो पनि सहकारी विकासका लागि समस्या हो ।

0 अन्त्यमा पत्रिका मार्फत ?

सहकारीका बारेमा केही भन्ने अवसर दिएकोमा खवर चौतारी साप्ताहिकलाई धन्यबाद भन्न चाहान्छु । बचत संघको आयोजनामा आउदो फागुन ३ र ४ गते जिल्ला स्तरिय व्यवस्थापन प्रमुखहरुको क्षमता थप परिस्कृत र व्यवस्थित गराउने उद्देश्यले ऋययउभचबतष्खभ ःबलबनभचुक ऋयलाभचभलअभ (द्दण्ठछ, प्बखचभ धुलिखेल लज रिसोर्ट, धुलिखेलमा आवासीय कार्यक्रम गर्न लागिएको र कार्यक्रममा व्यवस्थापकका कार्यहरु थप व्यवस्थित र सरलिकृत गर्ने किसिमका कार्यपत्रहरु रहने भएकोले उक्त कार्यक्रममा जिल्लामा सञ्चालित सम्पुर्ण सहकारीहरुलाई सहभागीहुनु हुन समेत अनुरोध गर्दछु ।


तपाईको प्रतिक्रिया