• सौगात नजराना, काभ्रे

म आँसु भएर पो
त्यो तिम्रो कोमल हृदयसँगै
तिम्रा भावनाका तरेलीहरुमा झल्किने भएको

म आँसु भएरै
तिम्रा ती सुन्दर नयनमा
तिम्ले आमन्त्रण गरेपछि आउने
बिदाई गरेपछि जाने भएको

यसरी
तिम्रो निमन्त्रणालाई स्विकार्दै
तिम्रो आँखामा झल्केको
केही पल नबित्दै तिमीले
जसरी निमन्त्रणा गर्छयौ
त्यसरीनै बिदाई गरिदिन्छ्यौ

यसर्थ
म तिम्रो त्यो नयनबाट झर्दै
कहिले तिम्रो सिरानी
कहिले ती तिम्रा हत्केला हुँदै
बढीजसो जमिनमा
समाहित हुने गरेको छु।।


तपाईको प्रतिक्रिया