(सुशील राज गिरी) धुलिखेल – धुलिखेल तामाङ कला र संस्कृतिको लागि मनाअाै साेनाम ल्हाेछार सान्त सुन्दर पर्यटकीय नगर धुलिखेल चिनाउने हाम्रो प्रयास भन्ने मुल नारा का साथ २८५५ अाै फाग (ढ्वा ) साेनाम ल्हाेछार २०७५ मीती २०७५ माघ १८ गते पर्यटकीय नगर धुलिखेल बसपार्कमा मनाईने भएको छ ।

नेपाल तामाङ घेदुङ धुलिखेल नगर कमीटी काे आयोजनामा एकताको लागि हाम्रो अभियान “एउटै ठाउँ र एउटै तिथि मितिमा हाम्रो ल्होछार” भन्ने नाराका साथै यो वर्षको ल्होछार तथा खाना महाेत्सब २०७५ माघ १८ गते शुक्रबार मनाईने जानकारी कार्यक्रम का संयाेजक सि.बी. तामाङले बताउनुभयो।साेनाम ल्हाेछार सांस्कृतीक एवं खाना महाेत्सब २०७५ कार्यक्रम का संयाेजक सि.बी. तामाङले बताउनुभयो कार्यक्रम काे अाकर्सन काे रुपमा तामाङ कलाकार काे प्रस्तुति रहनु का साथै उत्त कार्यक्रम मा तामाङ कला र संस्कृतिक झल्काउने पहिरण ,खाना , न्यृत्य ,गित तथा बिभिन्न तामाङ कला सगं सम्बन्धि प्रवचन र ल्होछार काे महत्त्व सम्बन्धि ज्ञान लामा गुरु बाट प्रस्तुत गरीने बताउनुभयो

। नेपाल तामाङ घेदुङ संघ धुलिखेल नगर कमीटी को आयोजनामा,धुलिखेल नगरपालीकाकाे मुख्य सहयाेग र नेपाल नगर जनजाति परिसद काे सह अायाेजना मा हाल छरीएर रहेका तामाङ समुदायलाई एकै स्थानमा भेला गराई आगामी ल्होछार कार्यक्रम गरिन लागेको संयाेजक सि.बी. तामाङले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया