बनेपा – आफ्ना सन्तानलाई राम्रो नागरिक बनाउने रहर सबै अभिभावकलाई हुन्छ । राम्रो र असल नागरिक बनाउन घरपरिवारमा राम्रो वातावरण दिएर मात्रै हुँदैन । उसले कस्तो विद्यालयमा शिक्षा हासिल गरिरहेको छ भन्ने कुरा मुख्य रहन्छ । एउटा बालबालिका असल हुनको लागि उसले एउटै शैक्षिक संस्थावाट किर्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्मको अध्ययन गर्न पाएमा उ अवश्य असल नागरिक बन्छ ।

काभ्रेको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका किर्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्मका हरेक कक्षा र संकायका विद्यार्थीहरु असल बन्नको लागि उत्कृष्ट शिक्षा ग्रहण गरिरहेका छन् । शैक्षिकसँगै खेलकुद तथा अतिरिक्त कृयाकलापमा समेत अब्बल देखिएका विद्यार्थीहरुले आफूलाई हरेक क्षेत्रमा योग्य रहेको प्रमाणित गरिरहेका छन् ।

साना कक्षाहरुमा मात्रै नभएर माथिल्लो स्नातक तथा स्नातकोत्तर तहमा समेत काभ्रेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आफूहरुलाई अब्बल दर्जाको शैक्षिक संस्थाको रुपमा प्रमाणित गरिरहेको छ । काभ्रेको बनेपामा किर्डर गार्टेनदेखि स्नातकोत्तर तहसम्म उत्कृष्ठ ढंङ्गवाट शिक्षा प्रदान गर्न सकिन्छ भनेर सुरु भएको शैक्षिक प्रतिष्ठानले विगतका बर्षहरुमा कक्षा ८ को जिल्ला स्तरिय परिक्षा, एसएलसी तथा एसईईसँगै प्लस टु लेभलमा मात्रै नभएर बिबिएसमा समेत जिल्ला टप गर्दै आएको छ । उसले विगतका बर्षहरुमा गरेको उत्कृष्ठ शैक्षिक नतिजाकै कारण त्रिभुवन विश्व विद्यालयले समेत उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान रहेको बताउने गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि ज्ञानकुञ्जका स्नातकोत्तर तह एमबिसका विद्यार्थीहरुले ज्ञानकुञ्जलाई अब्बल दर्जाको शैक्षिक संस्था रहेको प्रमाणित गरेका छन् । एक जनाले मात्रै नभएर ८० प्रतिशत विद्यार्थीले आफू र आफू अध्ययनरत संस्था उत्कृष्ठ रहेको प्रमाणित गरेका छन् ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले संचालन गरेको ज्ञानकुञ्ज कलेजले विगतका बर्षहरुमा जस्तै यो बर्षको एम.बि.एस. प्रथम सेमेष्टरमा सर्वाेत्कृष्ट नजिजा ल्याउन सकेका हुन् ।

विगतका बर्षहरुमा एस.एल.सी., एस.ई.ई, प्लस टु, स्नातक र स्नातकोत्तर तहमा जिल्ला प्रथम भैसकेको र बोर्डमा समेत विद्यार्थीहरु पर्न सफल भएकोमा एम.बि.एस.मा फ्रिवर्न ज्ञानकुञ्जका विद्यार्थीहरुले सर्वोत्कृष्ठता हासिल गरेका हुन् ।

ज्ञानकुञ्ज काभ्रेमा किन्र्डर गार्टेन देखि स्नातकोत्तर तहसम्म अध्ययन, अध्यापन हुने एउटा मात्रै शैक्षिक गन्तव्य हो । ज्ञानकुञ्ज कलेजको एम.बि.एस प्रथम सेमेष्टरमा अध्ययनरत कञ्चन दाहाल ३.७५, रोमि रंजित ३.७२ तथा दिपा श्रेष्ठ र जस्मिन कपाली ३.६१ क्रमश जिल्ला प्रथम, द्धितिय र तृतीय स्थान ल्याएर जिल्ला प्रथम हुन सफल भएका हुन् ।

साना कक्षाहरुमा राम्रो नतिजा ल्याउने तर माथिल्लो कक्षामा पुगेर राम्रो नतिजा ल्याउन नसक्ने शैक्षिक संस्थाहरुको पुरानो रोग हो । तर ज्ञानकुञ्जले रोग लाग्ला भनेर पहिल्यै पूर्व तयारी गर्ने गरेको छ त्यसको प्रमाण स्नातकोत्तर तहमा आएको उत्कृष्ठ नतिजानै हो । सबै तहमा राम्रो अध्ययन अध्यापन गराउन सकिन्छ भनेर ज्ञानकुञ्जले आफूलाई प्रमाणित गरेको छ । सबै संकाय र बिषयहरुमा हरेक बर्ष ९० प्रतिशतभन्दा धेरै अंक ल्याएर औसतमा ८२ प्रतिशत अंक ल्याएका ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।


तपाईको प्रतिक्रिया