समाज सेवामा सक्रीय कमाण्डो गु्रपले मुटु रोगी सुर्य कुमारी सिलवाललाई नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

देश तथा बिदेशमा छरीएर रहेका युवाहरुले समाज सेवा गर्ने उदेश्यले स्थापना गरेको कमाण्डो गु्रपले लोक गायीका गितादेबीको हातबाट उक्त रकम सुर्य कुमारीलाई हस्तान्तरण गरेको हो ।

२०७४ सालमा स्थापना भएको कमान्डो गु्रपले बिगो लाईभ मार्फत विभिन्न देशमा रहेका सहयोगीहरु सहयोगले उक्त रकम संकलन गदेै आईरहेको छ । आफु पनि बाँच र अरुलाई पनि बचाउँ भन्ने उद्धेश्य लिई हिँडेको उक्त गु्रपले समय समयमा यो किसिमका सहयोग गर्दै आईरहेको समिर के.सी स्यान्डि ले बताए ।

ललितपुर घर भई हाल जावलाखेलमा बस्दै आईरहेकी सुर्य कुमारीको मुटुको उपचारको लागि १३ लाख रुपैया रकम लाग्ने बताईएको छ । आर्थिक अवस्था कमजोर भएकी सुर्य कुमारीको उपचारका लागि सहयोग गरिदिन उनले अनुरोध गरेकि छिन् ।


तपाईको प्रतिक्रिया