
काठमाडौं – काठमाडौँमा मेट्रोे रेल चलाउनका लागि रेल विभागले औपचारिक रूपमा योजना अगाडि सारिएको छ ।
सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको रेलको विस्तृत अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव माग गरेको हो ।
रेल विभागले सार्वजनिक सूचना सार्वजनिक गर्दै ईन्छुक कम्पनीबाट सो रुटमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न चाहने कम्पनीको खोजी सुरु गरेको हो ।
विभागले इच्छुक कम्पनीहरुलाई आशयपत्र माग गर्दै एक महिनाभित्र आवेदन दिन आवहान गरेको हो । रेल विभागले डीपीआर गराउने कम्पनी छनोट गरी छनोट भएको कम्पनीलाई डीपीआर तयार गर्न निश्चित समय दिने छ ।
त्यसपछि प्राप्त डीपीआरलाई आधार बनाएर प्रतिस्पर्धा गराउने र यो रुटमा रेलमार्ग बनाउने काम अगाडि बढाउने रेल विभागको तयारी छ ।
यस अघि लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि धुलिखेलसम्मको ३७ किमी दुरीमा रेल बनाउँन प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा मेट्रो रेलकोको डीपीआर बनाउन चाहने ४ वटा कम्पनी प्रतिस्र्धामा आएका छन् ।
यीमध्ये उपयुक्त कम्पनीलाई एक वर्षभित्रै डीपीआर बनाइसक्ने गरी जिम्मा दिने तयारी विभागको छ । यी दुबै रुटमा रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढेकोले नियमित काम भए अबको पाँच सात वर्षमै काठमाडौंमा रेल कुद्ने छ ।
पछिल्लो समय काठमाडौ महानगरपालिकाले चिनियाँ कम्पनीलाई काठमाडौं चक्रपथको २८ किमी दुरीमा मोनोरेल निर्माणको लागि डीपीआर बनाउने जिम्मा दिएको छ । यो कम्पनीले एक वर्षमै डीपीआर बनाउने भएको छ ।