धुलिखेल – काभ्रेको पनौती नगरपालिका – ९ शङ्खुमा दिउँसो भएको बस दुर्घटनामा २८ जना घाइते भएका छन् ।

शङ्खुबाट पनौतीतर्फ आउँदै गरेको बा २ ख ५२१२ नंको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको स्थानीय मेडिकलमा उपचारपश्चात् घर फर्किसकेका छन् भने बाँकीको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

गिरीका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा चार र शिरमेमोरियल अस्पतालमा आठ जनाको उपचार भइरहेको र अन्य घाइते घर फर्किसकेका छन् ।

पानी परेकाले सडक छेउ भासिएर सडकबाट तल खसेर दुर्घटना भएको जनाएको छ ।


तपाईको प्रतिक्रिया