
- सौगात नजराना, काभ्रे –
‘रङ्गमञ्च’
जसरी,
समयानुकूल बदल्छ
छेपारोले आफ्नै शरीरका रङ्गहरु
त्यसैगरी बद्लिदिएका हुन्
तिम्रा रङ्गिन चाहानाहरु,
मेरा सपनाहरुलाई रङ्गहिन बनाएर
र त
आजकल यो मुटु,
ब्याट्री सकिएर चल्न नसकेको
घडीको सुई जस्तै भएको हो,
नहोस् पनि कसरी ?
जहाँ,
भएपनी तिमी पात्र एक
गरिरहयौ अभिनय अनेक
मेरै जिन्दगीलाई
रङ्गमञ्च जो बनाएर ।