धुलिखेल – हिन्दु दर्शनमा सप्ताहाको जत्तिकै धेरै महत्व हुन्छ बौद्ध दर्शनमा ‘राप्ने छ्याने’ । सातदिनसम्म निरन्तर पुजासँगै प्रवचन गर्न निक्कै खर्चिलो समेत हुन्छ । तर काभ्रेको तेमाल गाँउपालिका–१ मणिकपुर न्होर्बु नमगेल छ्योर्तेन तथा मणीकपुर थर्पेदेच्छेन्लिङ गुम्बामा त्यहाँका युवाहरुको सकृयतामा राप्ने छ्याने भएको छ ।

मणीकपुरलाई गाँउपालिकासँगै राजनीतिले समेत पछि पारेको भन्दै ऐतिहासिक तामाङ राजाहरुको दरबार भएको ठाँउ मणिकपुर ओझेलमा परेपछि रहेक ४÷४ बर्षमा अनिवार्य गर्नुपर्ने ‘राप्ने छ्याने’का लागि प्रत्येक घरका युवाले मुठ्ठी दानवाटै सम्पन्न गरेका छन् । ‘राप्ने छ्याने’ का लागि गाँउपालिका र वडा कार्यालयवाट कुनै पनि सहयोग नभएको युवाहरुको गुनासो छ । युवाहरुले तेमालको ‘राप्ने छ्याने’ का लागि मुठ्ठी दानको पछाडी ऐतिहासिक कारणसँगै मणीकपुरको सौन्र्दय प्रमुखता रहेको युवाहरुको विश्लेषण छ ।

पारीपट्टी सेत्ताम्मै हिमाल, मानेमा टाँगिएको अनेकथरीका ध्वजा अनि गुम्बामा बजेको घुन साँच्चिकै स्वर्गको आभाष मिलेको अनुभुति हुन्छ । तेमाल क्षेत्रमा पर्ने साविक संस्युखर्क गाविसको बडा नं ३(हाल तेमाल–१) मा रहेको मणीकपुर ऐतिहासिक सम्पदा भएर पनि ओझेलमा परेको छ । बिस १७०० सालमा स्थापना भएको मानेलाई गुम्बामा रुपान्तरण गरेसँगै मणीकपुरका स्थानीय आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा यतीबेला मणीकपुर रहेको सुनाउँछन् ।

मणीकपुर लामागाँउ थर्पे देच्छोन्लिङ गुम्बा आफैंमा स्वर्ग हो । एक पटक भ्रमण गरेका जोकोहीले यसको बर्णन गर्ने गर्दछन् । मणीकपुर लामागाँउ थर्पे देच्छोन्लिङ गुम्बा आफैमा ईतिहास रहेपनि त्यसलाई फलाउने र फुलाउने काम स्थानीय युवाहरुले मिलेर गरेका हुन् । २०५४ सालमा एक घरवाट दुई हजार रुपैया संकलन गरि सुनकोशीको तिरवाट बालुवा, ईट्टा र कानपुरवाट सिमेन्ट बोकेर गुम्बा बनाएको गुम्बाका संस्थापक अध्यक्ष लालध्वज लामाले बताए ।

बिस १७०० सालमा माने बनेपनि गुम्बा बन्न नसकेको अवस्थामा गुठियार मिलेर गुम्बाको व्यवस्थापन गरिएको लामाले बताए । तिमाल क्षेत्रमा विशेषत मणीकपुर अर्थात मणीनै मणीको गाँउका स्थानीयहरुको मनोकाक्षा पुरा गराउने गुम्बामा प्रत्येक चार बर्षमा विशेष पुजन समेत हुने गरेको छ । ४० हजारवाट निर्माण कार्य सुुरु भएको गुम्बा यतीबेला तिमाल क्षेत्रै धार्मिक धरोहर बन्न सकेको छ । आफ्नो गुम्बामा कसैको पनि आँखा पर्न नसकेको र ऐतिहासिक धरोहरको रुपमा विकास भएको गुम्बालाई सहयोग नपुगेको स्थानीयको गुनासो रहेको छ । आर्थिक सहयोगनै गरोस् भन्ने चाहना हैन तर एक पटक आएर प्रचारपसारमात्रै भएपनि पुग्ने उनीहरुको भनाई रहेको छ ।

यो साता लामा गाँउमा रहेको मणीपुर गुम्बामा बेग्लै खालको रौनक थियो कारण प्रत्येक चार बर्षमा एक पटक हुने विशेष पुजन । पुजनका लागि आर्थिक स्रोत जुटाउने काम ७० ओटा घरका युवा गुठियार थिए तर उनीहरुले तिमाल क्षेत्र भरिनै निमन्त्रणा दिएका थिए । लामा गुरुहरुले बैदिक परम्परा अनुसार पुजाआजा गरिरहेका थिए भने सबैले आ–आफ्नो तयारीमा जुटेका थिए । प्रत्येक बर्षको माघको दशमीमा हुने पुजा छोरदेन बाङगेल विशेषखालको रहेकाले बालबालिकादेखि बृद्धबृद्धाहरुको जमघट मणीकपुरमा रहेको थियो । प्रत्येक चार बर्षमा हुने पुजामा सहभागीहुँदामात्रै आफूले चाहेर नचाहेर गरेको पापको मोक्ष हुने, श्रीबृद्धि हुने र परिवार तथा गाँउकै भलो हुने स्थानीय अष्टमान तामाङले बताए ।

काभ्रेको ऐतिहासिकस्थल तिमालको ईतिहास पृथ्वीनारायण शाहले राज्य एकीकरणसँग पनि जोडिएकाले आन्तरिक तथा बाह्य पर्यटकको गतिलो संम्भावना रहेको स्थानीय लामाले बताए । माने र गुम्बावाट अनेकौ हिमश्रृखला देख्न पाईने भएकाले आन्तरिक तथा बाह्य पर्यटक, गुम्बासँगै शिव मन्दिर, सुनकोशी नदी, तिमाल नारायणस्थानको समेत दृश्यावलोकन गर्न मिल्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्राउने महत्वपुर्ण औजार हो ।

माघ शुक्ल दशमीवाट सुरु भएको विशेष पुजा शुक्रवार विधिवत रुपमा सम्पन्न भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लालसिं तामाङले बताए । ‘सबैको सहयोगले यो बर्षपनि विशेषपुजा सम्पन्न गराउन सफल भएका छौ’ अध्यक्ष लामाले भने, ‘ विकटता र प्रचारको अभावमा यो ठाँउ पछाडी परेको छ ।’स्थानीय कान्छामान तामाङले अब गुम्बालाई आकर्षक बनाउँदै यसको धार्मिक तथा ऐतिहासिक महत्व बढाउने खालको कृयाकलापमा युवा समुदाय अगाडी बढ्ने बताए । प्रत्येक चार बर्षमा गुम्बामा हुने तेमालको ‘राप्ने छ्याने’ अर्थात सातदिने विशेष सप्ताहको आफ्नै महत्व रहेको छ ।

गुम्बाका मूल पुजारी एंव ५ सय बर्षदेखि गुम्बामा पुजारी बस्दै आएका खलकका पुजारी बाङगेल लामाले मणीकपुर तिमालको सबैभन्दा ठूलो धार्मिक महत्व रहेको स्थान रहेको बताए । अझ राप्पे अर्थात सप्ताहले मणीकपुरलाई अझ पवित्र बनाएको छ । संम्भावना प्रशस्तै भएपनि ओझेलमा परेको सम्पदाको विस्तारमा यतीबेला युवाहरुले सकृयता देखाएका छन् ।

युवाहरुले सँस्कृतीको जर्गेना र विस्तार गराउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने कार्यमा सकृय सहभागिता देखाएका छन् । संस्यूखर्कको सो स्थानमा पुजनमा कोशीदेखा, कानपुर, सरमथली क्षेत्रका स्थानीय आउने गरेका छन् । तर पनि प्रचार अभावमा यतीबेला गुम्बा आन्तरिक तथा बाह्य पर्यटक कुरेर बसीरहेको छ ।


तपाईको प्रतिक्रिया