दिलिप कुमार श्रेष्ठ, उद्योगी

     काभ्रेपलाञ्चोक जिल्लाकै प्रतिष्ठित उद्योगपतीको रुपमा लिईने नाम हो बनेपाका उद्योगी दिलिपकुमार श्रेष्ठ । उनी काभ्रेपलाञ्चोक जिल्लामा मात्रै नभएर नेपालमै छवी कमाउन सफल उद्योगपतीका रुपमा परिचित छन् । काभ्रेको बनेपामा २०२४ सालमा जन्मिएका श्रेष्ठको बाल्यकाल दुखमै बितेको थियो । त्यही भएर उनले आफ्नो लामो समयको बाल्यकाल मामाघर मेलम्चीमा बिताएका थिए ।
     आफै केही गर्न सक्छु भनेर उनले आफ्नो बुबाको सामान्य खालको खुद्रा पसल देखेर भविष्यमा व्यापार गर्ने सोच बनाए । २०४४ सालमै उनले बिराटनगरवाट होलसेलको व्यापार सुरु गरेका थिए । बनेपामा चार हातमा बनाएको घरमा कष्टकर रुपमा उनको बाल्यकाल बितेको थियो । यतीबेला म सम्पन्न भए भनेर मैले मेरो विगतलाई कहिल्यै बिर्सने काम नगर्ने भनेर बताउने श्रेष्ठले यतीबेला २ सयभन्दा धेरैलाई रोजगारीको अवसर सृजना गरेका छन् । काभ्रेमै पहिलो पटक चकलेटको कारखाना स्थापना गरेका श्रेष्ठले नीजि लगानीमा राधाकृष्ण बिस्कुट उद्योग स्थापना गरेका छन् । उनी भन्छन्, काभे्रमा उद्योगको धेरै संम्भावना रहेर पनि विकास हुन सकेको छैन ।
     सकेको सहयोग सबैले गर्ने बानीकै कारण उनी लोकप्रिय छन् । काभ्रेमा सानोदेखि ठूलासम्मका कार्यक्रमको आयोजना भएमा उनले सकेको आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिहान्छन् । काभ्रेमा विशेषत बैक तथा आर्थिक विकास गराउनमा उनको ठूलो योगदान रहेको छ । त्यसैले उनले दयालु उद्योगपतीको उपमा समेत पाएका छन् । उनै आफूलाई सामान्य व्यापारी भएको बताउन रुचाउने काभ्रेमा उद्योग विकासका शिखर व्यक्तित्व दिलिप श्रेष्ठसँग उनको जीवनको भोगाईमा आधारित रही गरिएको कुराकानीको संम्पादित अंश ।
० तपाईको बाल्यकालको र शिक्षाको बिषयमा केही कुरा बताईदिनुहोस् न ?
     मेरो जन्म २०२४ साल अशोज १५ गते महाअष्टमीको दिनमा भएको हो । म काभ्रेको बनेपामा जन्मेपनि मेरो लालनपालन भने मेरो मामाघर सिन्धुपाल्चोकको मेलम्चीमा भएको हो । मेरो बाल्यकालमा अभावनै अभाव रहेको थियो । मेरो पारिवारिक अवस्था कमजोर रहेको थियो । मेरो बुबा काम गर्नकै लागि दार्जिलिङ जानु भएको थियो । मैले करिब ११ बर्षसम्मको उमेरसम्म मामाघरमै बसे त्यसपछि बनेपामा आएर पढ्न थाले मेरो शिक्षा हिमालय स्कूलमा १० कक्षासम्म पढे ।
० व्यवसायमा कहिलेवाट आबद्ध हुनुभयो ?
     म व्यापार व्यवसायमा आबद्ध भएको हो । मेरो बुबा सुरुदेखिनै व्यापार गर्नुहुन्थ्यो । मेरो बुबाको १० सालमै किराना पसल थियो ।  खासमा म १६ बर्ष भएपछि जब मैले बुझ्न थाले त्यसपछि व्यापार सुरु गरेको हो । त्यसपछि निरन्तर रुपमा यो पेशामै रहेको छु । त्यस बिचमा धेरै दुख कष्ट सहेर यो अवस्थासम्म आईपुगेको हुँ । म यो अवस्थामा आईपुग्नुसम्ममा सबैको माया र स्नेहनै प्रमुख कारण रहेको छ । आगामी दिनमा समेत सबैले माया र स्नेह प्रदान गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । मैले कसैलाई पनि नराम्रो नजरले हेरेकै कारणले सबैको प्रिय बन्न सकेको छु ।
० काभ्रेमा व्यापारको अवस्था कस्तो छ ?
     काभ्रेमा व्यापारको अवस्था राम्रो रहेको छ । काभ्रे समग्रमा अवसर र चुनौती दुवै भएको जिल्ला हो । त्यसैले काभ्रेमा व्यापारको संम्भावना धेरै रहेको छ । तर त्यो रहेको अवसरलाई हामीले कसरी लिन  सकिन्छ भन्ने मुख्य कुरो हो । काभ्रेमा अझ बनेपामा धेरै संम्भावना रहेको छ । काभ्रेको बनेपाको व्यापारको केन्द्र पनि हो । जस्तो व्यापारको अवस्था विगतमा रहेको थियो । त्यो अवस्थामा पछिल्लो समयमा थोरै गिरावट आएको हो । त्यसमा यातायात क्षेत्रमा लाग्ने मान्छे तथा स्थानीय अगुवा व्यापारीहरुले नबुझेर समस्या आएको होला । तर अझैपनि केही बिग्रीएको भने छैन । खाद्यान्नमा लागेको व्यापारीहरुलाई बिपी राजमार्ग खुलेपछि समस्या देखिएको हो । तर पनि काभ्रेमा व्यापारको परिपाटी फेर्न सक्यो भने काठमाण्डौको महाबौद्धमा भैरहेको व्यापार काभ्रेमै हुन्छ । काभ्रेवाट पूर्व रामेछाप, ओखलढुंगा, दोलखा,सोलुसम्म व्यापार हुनेमा सोझै तराईवाट सामान जान लागेको छ । त्यसले व्यापारमा गिरावट आएको जस्तो देखिएको छ । तर यो व्यापारलाई हामीले परिर्वतन गर्नुपर्छ । रेडिमेट, विद्युतिय सामानमा अलि काम गर्नुपर्छ । हाम्रो बनेपा तराईसम्म जान सक्ने र चीनको नाकावाट नजिक रहेको र काठमाण्डौंसँगै भएको भएपनि बनेपाको व्यापार तातोपानीको सामान काठमाण्डौंमा सोझै जाने, गाडीहरु सिधै काठमाण्डौं जाने कामले गर्दा समस्या सृजना भएको छ । चीनको सामान बनेपामा रोक्न सकिएन त्यो समस्या हो । अब तातोपानी नाका पुन संचालन भएपछि बनेपामै सामान रोक्न सक्नु पर्छ ।
सुरु–सुरुमा नाला र साँगाका सामान लिन बनेपा आउथे यतीबेला काठमाण्डौ जाने गरेका छन् । बनेपासँग काठमाण्डौं, चीन र भारतसमेत नजिक भएपनि हामीले त्यो अवसरलाई छोप्न सकिएन र समस्या भयो । केन्द्र भएर पनि हाम्रो वरिपरीको व्यापारलाई हेर्न सकिएन । त्यसैले अब व्यापारिक केन्द्रको रुपमा विकास भएको काभ्रेलाई थप औद्योगिक विकास गराउन आवश्यक रहेको छ । त्यसैले सबैको समन्वयमा कसैलाईपनि कटुता नगरी उद्योगीको एकताले मात्रै काभ्रेमा राम्रो व्यापारको संम्भावना देखिएको छ । त्यसका लागि सबै मिलेर उद्योग स्थापना गर्न हामी अघि सर्नु पर्छ ।
० व्यापार व्यवसाय बढाउन के गर्नुपर्ला ?
     काभ्रे चीन र भारतसँग समन्वय गर्ने जिल्लाको रुपमा पनि विकास भैरहेको जिल्ला भएकै कारणले पनि काभ्रेको धेरै संम्भावनाहरु रहेका छन् । हामीले सिंगो जिल्लामा विकास कसरी गराउन सकिन्छ भनेर हेर्न आवश्यक रहेको छ । काभ्रेको पाँचखाल, भकुण्डे, नाला, मण्डन तथा कोशीपारि र डाँडापारिमा फरक फरक खालको संम्भावना रहेकै कारणले पनि फरक खालको उद्योगको व्यवस्थापन गर्नु आवश्यक छ । जसरी पोखरा, चितवनमा औद्योगिक क्षेत्रको रुपमा विकास भएको छ त्यसरीनै काभ्रेलाई पनि औद्योगिक क्षेत्रको रुपमा विकास गराउन आवश्यक रहेको छ । त्यसका लागि मेरो ठाँउमा मैले के गर्न सक्छु त्यो काम गर्न म तयार रहेको छु । मैले अरुको टाउकोमा काम थुपारेर आफै मात्र काम गर्छु भन्ने खोजेको हैन । समग्रमा जिल्लालाई राम्रो हुने खालको काममा मेरो सधै साथ र सहयोग रहेको छ । मैले पनि सुरुमा एकैपटक उद्योग खोलेर उद्योगी पक्कै पनि भएको हैन । साना साना कामवाट मैले काम सुरु गरेर यो अवस्थासम्म आईपुगेको व्यक्ति भएकाले सबैसँग समन्वय गरेर अघि बढ्न सकिएका भन्ने मेरो सोच रहेको छ । त्यसका लागि सामुहिक लगानीको आवश्यकता रहेको हुन्छ । त्यसमा हामी सबै मिलेर अघि बढ्न आवश्यक रहेको छ । म त्यसमा साथीहरुले भनेको जसरी काम गर्न तयार छु । तर काभ्रेमा उद्योगको आवश्यकता छ ।
० काभ्रेमा कस्तो खालको उद्योग आवश्यक रहेको छ ?
     काभ्रेमा कृषि तथा पशुपालनमा आधारित उद्योगको सबैभन्दा धेरै संम्भावना रहेको जिल्ला हो । काभ्रेको तरकारीले काठमाण्डौ निर्भर रहेको अवस्थासँगै, दुध तथा दुधजन्य उत्पादन, मासु र कुखुरापालनमा आधारित उद्योग यतीबेला आवश्यक रहेको छ । काभ्रेमा वास्वतमा उत्पादनमा आधारित उद्योग भएपनि कृषिमा प्रशोधनमा आधारित उद्योग आवश्यक छ । काभ्रेमा यती धेरै उद्योगहरु रहेका छन् की त्यहाँवाट धेरैले रोजगारी पाएका छन् ।
     त्यसैले काभ्रेको विकास र बिस्तारमा यी खाले उद्योगको आवश्यकता रहेको छ । काभ्रेको सान र नाम दुबै कमाउने खालको काम अहिलेको आवश्यकता पनि रहेकाले सोही अनुसार काम गरिरहेको हो । त्यसमा कसरी गर्न सकिन्छ म सबै व्यवसायीसँग हातेमालो गर्न तयार रहेको छु । पाँचखालमा सेज सुरु भएपछि हामीले त्यहाँ पुगेर समेत काम गर्न सक्छौ । तर त्यसका लागि ईच्छा शक्तिको आवश्यकता रहेको हुन्छ ।
० तपाईले स्थापना गरेको बिस्कुटले भारतको बिस्कुटसँग कसरी प्रस्तिपर्धा गर्न सक्छ ?
     वास्तवमा हामीले प्रयोगमा ल्याएको कच्चा पदार्थको प्रमुख आयकर्ता मुलुक भारतनै हो । त्यसैले भारतवाट कच्चा पदार्थ ल्याएर यस्तो अवस्थामा पनि हामीले काम गरेका छौ । नाकाबन्दीपछि नेपाल सरकारले सहुलियतमा कसरी ईन्धन ल्याउन सकिन्छ भनेर सहयोग गरेन । उद्योगीहरुको संस्था उद्योग बाणिज्य संघले पनि समन्वय गरेन् । तर पनि सबैले बिस्कुट तथा उपभोग्य सामानको मूल्य बढाउँदा हामीले एक रुपैया पनि मूल्य नबढाएर काम गरेका छौ । सफा स्वथ्यकर र सस्तो भएकै कारण हाम्रो बिस्कुट आम उपभोक्ताले मन पराएका छन् । त्यसैले हामीले अरुसँग प्रतिस्पर्धाभन्दा पनि आम उपभोक्ताहरुसँग समन्वय गरेका छौ । हामीले अब भारतसँगको बिस्कुट हैन विश्व बजारमा प्रतिस्पर्धा गराउने खालको बिस्कुट उत्पादन गरिरहेका छौ । आगामी दिनहरुमा त्यसको गुणस्तर बढाउने उपायहरु हामीले अपनाउन लागेका छौ ।
० सरकारले उद्योगीहरुलाई सहयोग गरेको छ ?
     सरकारले उद्योगलाई हेर्ने छुट्टै खालको निकायको व्यवस्थापन गर्न आवश्यक रहेको छ । सरकारले जबसम्म उद्योगीहरुलाई राम्रो नियतले हेर्न सक्दैन । तबसम्म मुलुकमा उद्योगको विकास हुनै सक्दैन । त्यस्तै जिल्लामा रहेका उद्योग बाणिज्य संघ लगायतका संघ सस्थाहरुले पनि काभ्रेमा उद्योगीहरुका के कस्ता समस्याहरु रहेका छन् र ती समस्या समाधानका लागि सरकारी तथा गैरसरकारी निकायले कसरी काम गर्न सक्छन् भनेर सोच्न आवश्यक रहेको छ ।
जिल्लामा विभिन्न ठाँउमा उद्योगहरुको संम्भावना रहेको छ । त्यो संम्भावनालाई हामीले कसरी अघि बढाउने हो भनेर सोच्ने बेला आयो जस्तो लागेको छ । तर त्यो सोचमा कुनै पनि निकाय अघि बढेका छैनन् । काभ्रेमा उद्योग चल्छ र जस्तो सोचेर हुँदैन । सुरुमा काभ्रेमा बैंक आउँला र ? चल्ने संम्भावना होला र भन्ने सोचेको भए यस्तो प्रगती हुने थियो जस्तो मलाई लाग्दैन । त्यसैले सरकारले सहयोग गर्ने खालको अवस्था हामीले सृजना गरेमा सरकारले अवश्यनै सहयोग गर्छ । सहयोग गरिरहेको छ ।
सरकारको सहयोग भनेको हामीलाई उद्योग संचालनको वातावरण सृजना गराउन सहयोग गर्ने हो । हामीले कस्तो तरिकाले उद्योग संचालन गरेका छौ । सरकारलाई बुझाउनु पर्ने कर समयमै तिरेका छौ वा छैनौ । हामीले नियमित रुपमा कर तिर्ने हो भने सरकारले हामीलाई सहयोग गरेकै छ । आगामी दिनमा समेत सहयोग गर्ने छ । तर हामीले सरकारलाई समेत झुक्याउने,सरकारका कामहरुमा अवरोध सृजना गर्ने अनि सरकारले सहयोग गरेन भनेर भन्न मिल्दैन । समग्रमा सरकारले उद्योगीहरुलाई सहयोग गरेको छ । आगामी दिनमा समेत सहयोग गर्ने आशा मैले लिएको छु ।
० उद्योगमा पछिल्लो समय देखिएको समस्या के हो ?
     वास्तवमा कामदार तथा मजदुरको समस्या सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ । नेपालमा रहेका युवाहरु वैदेशिक रोजगारीको रुपमा जाने तर यहाँ रहेका उद्योगहरुमा कामदारको अभाव रहने कारणले ठूलो समस्या सृजना भएको छ । त्यसपछि हामीले भारतवाट ल्याउने कच्चा पदार्थमा समेत समस्या देखिएको छ । भन्सारमा अनावश्यक दुख पाउने, भन्सारमा सामान चोरेर ल्याउने समस्याले पनि राम्रोसँग व्यापार हुन सकेको छैन । सबै कुरा समस्यावाट गुज्रिएपछि राम्रो उत्पादन समेत गर्न नसक्दा काममै लगाएका मजदुरलाई राम्रो तलब खुवाउन सक्ने अवस्था देखिएको छैन । त्यसैले मजदुर समेत पाउन सकिदैन । हामीले राम्रोसँग बुझाउन पनि सबैलाई सकेको छैन ।
     सबैभन्दा महत्वपुर्ण कुरा सरकारले सबै कुरालाई सिष्टममा ल्याएर संचालन गर्न नसक्दा समस्या सृजना भएको हो । कुनै पनि कुरा राम्रोसँग सिष्टममा संचालन हुन सकेको छैन । सिष्टममा संचालन हुन नसक्दा समस्या बढेको हो । अहिलेको सरकारले धेरै कामलाई सिष्टममा ल्याएको छ । हामी व्यापारीहरुलाई समय समयमा राय सुझाव लिएको छ । त्यसको आधारमा कसरी उद्योगहरुलाई बचाउने अभियानमा सरकार लागेको छ । त्यो सकारात्मक कुरा हो ।
० उद्योग त्यसो भए फष्टाएको हो त ?
मैले मेरो व्यक्तिगत कुरा गरिन । तर सरकारले केही समयदेखि उद्योगहरुलाई कसरी बचाउन सकिन्छ भनेर काम गरेको महसुस भएको छ । तर बिडम्बना त्यत्रो नाकाबन्दी झेलेर, लोडसेडिङको समयमा समेत उत्पादन गरेका उद्योगहरुलाई सरकारले लोडसेडिङ अन्त्य गराएर काम गरेर खाँउ भन्ने अवस्थाको सृजना गराएको छ । तर विकसित देशहरुमा जस्तो गर्नु पर्ने धेरै कामहरु भने सरकारवाट सहयोग भएको छैन ।
     ० सामाजिक काम कत्तिको गर्नूहुन्छ ?
     मेरो मन कमलो खालको छ । म जस्ले सहयोग माग्छ उसलाई राम्रोसँग सहयोग दिने गरेको छु । मैले भुकम्पपछि आफूले सक्ने सहयोग गरिरहेको छु । खेलकुदमा मेरो सानैदेखिको लगाव तथा खेलाडी भएको नाताले खेलकुदको आयोजना गरेको छु । त्यसमा सहयोग समेत गरेको सबैमा जानकारी रहेको छ । कसैले अप्ठारो प¥र्याे भनेर सहयोग मागेको समयमा मैले आफूले सकेको सहयोग गरेको छु । विगतमा पनि मेरो सहयोग रहेको थियो अहिले पनि छ र भविष्यमा पनि निरन्तर गरिरहने छु ।
तर म कसैको हातवाट सम्मान खानको लागि सहयोग गर्दिन । अभाव र दुखीहरुलाई सहयोग गर्न पाउनु मेरो परम धर्म हो । सबैमान्छे एक पटक जीवनमा समस्यामा पर्छ । उसलाई सहयोग गर्न सक्नुनै हाम्रो मानवीय धर्म भित्र पर्दछ । मैले मात्र हैन । म त एउटा सामान्य व्यवसायी हुँ । सबैले आफ्नो ठाँउवाट सकेको सहयोग गर्न सकेमा
० राधाकृष्ण उद्योगकै बिस्कुट किन खाने ?
     सस्तो, स्वाथ्यवर्धक रहेकै कारण हामीले उत्पादन गरेका बिस्कुट अरु कम्पनीले उत्पादन गरेका बिस्कुटको दाँजोमा राम्रो र सस्तो रहेको छ । अरु कम्पनीले बिस्कुटको प्रचारमा करोडौं रुपैया लगानी गरेका हुन्छन् तर मैले सस्तो र गुणस्तरीय सामान उत्पादन गर्ने भएकाले धेरैले हाम्रो बिस्कुट खाने गरेका छन् । मेरो कम्पनीमा आएर एक पटकमात्रै अवलोकन गरेपछि पुग्छ हामीले कस्तो प्रविधीको प्रयोग गरेका छौ त्यसको प्रत्यक्ष अवलोकन गर्न सक्नु हुनेछ ।
     त्यस्तै हामीले आम जनताको स्वास्थसँग नजिक हुने कुरामा खेलवाडनै नगर्ने प्रतिबद्धता व्यक्त गरेका छौ । बिस्कुट बालकदेखि बृद्धसम्मले प्रयोग गर्ने भएकाले उहाँहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौ । त्यसैले हाम्रा उत्पादन राम्रा छन् भनेर म दावी गर्न सक्छु ।
० सबैले आफ्नो राम्रो भनेर दावी गर्छन् नी ?
     हामी दावी नभएर प्रमाणित गर्न चाहन्छौ । हामीले उत्पादन गरेको सामान तथा सेवामा हाम्रो कहिल्यै पनि बार्गेनिङ गरेका छैनौ । हामीले उत्पादन राम्रो गरेका छौ र बजारवाट समेत राम्रो रेसपोन्स पाएका छौ । हामीले व्यापार सुरु गरेको एक बर्ष नभएर धेरै बर्ष भैसकेको छ । हामीले सेवामा जोड दिएर उत्पादन गरेको कारणले पनि हाम्रो उत्पादन राम्रो छ । बिस्कुट बालबालिका, बिरामी, जेष्ठ नागरिक र भोजनमा प्रयोग हुने भएकाले सबैले माया गरेकै कारण राम्रो खालको रहेको छ ।
० राजनितीले व्यापारमा कस्तो असर पारेको छ ?
     वास्तवमा राजनिती देश चलाउने निती हो । यसले समग्र देशको विकासका कोसे ढुंगा सावित हुन्छ । त्यसैले देशमा राम्रो पात्रको आवश्यकता पर्छ । तर पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रमले राजनीतिलाई नराम्रोसँग असर पारेको छ । त्यसवाट उद्योग व्यवसायको विकासमा समेत असर परेको छ । त्यसैले यतीबेला राजनीतिक शुद्धिकरण आवश्यक रहेको छ ।
     उद्योगको विकास बिना कुनै पनि देश सफल हुन नसक्ने कुरा सबैले बुझ्न आवश्यक रहेको वर्तमान अवस्था हो । त्यसैले आम नागरिक तथा सर्वसाधारणलाई राजनीतिकै सफल नेतृत्वको कारणले उद्योगधन्दा फष्टाउने कुराको मनन गर्न सक्नु पर्छ । अहिलेको स्थायी सरकारले उद्योगधन्दालाई प्राथमिकतामा राखेर काम गरिरहेकोमा हामी औधी खुसी छौ ।

तपाईको प्रतिक्रिया