सरस्वती उप्रेती ‘सरु’, काभ्रे, हाल भक्तपुर

‘गजल’
आश्वासनको खेती गर्ने हरुकै सम्मान भा छ
र त भस्टचारिहरुको नै रसिलो ज्यान भा’छ

बिहे गरेपछी छोरो श्रीमती लिएर सहर पस्यो
यता भने फेरी गाउँ घर बस्ती सुनसान भा’छ

पत्नी पतिको लागी ब्रत बस्छिन, पतिलाई चै
फेसबुकमा प्रेमिका फकाउदैमा हैरान भा’छ

मानव भित्र मानवता हराएर दानब भए सङ्गै
हो त्यही दिन देखी भाइभाईको हानाहान भा’छ

जब देखी नातिले गाली गरेको सुन्नै छाडेको छु
भन्नुहुन्छ हजुरबा दुस्मन त आफ्नै कान भा’छ


तपाईको प्रतिक्रिया