अशोक खरेल, काभ्रे – 

‘गजल’
तपाई लाई के लाग्छ महाशय के भएको होला
असत्य को भए छनि बिजय के भएको होला,

लास हेरेर हासिरहेका मान्छेहरू पनि देखियो
साच्चै अचम्मको आएछ समय के भएको होला,

मान्छे सङ्ग डराएनन् डराएनन् कानुन सङ्ग पनि
अरे भग्वानको पनि मान्दैनन् भय के भएको होला,

मैले मरे पछि पनि बाचिरहेका धेरै देखेको छु
ज्युदै मृत पनि छन् कतिपय के भएको होला,

बोल्ने हरु झुट पनि यति मजाले बोलिदिन्छन
राम्रो लाग्छ अचेल अभिनय के भएको होला,


तपाईको प्रतिक्रिया