धुलिखेल – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले ‘सूचनाको हक’को प्रचारप्रसार नपुगेको बताउनुभएको छ ।

जिल्ला स्थित सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रशासकीय प्रमुख तथा सूचना अधिकारीका लागि आज धुलिखेलमा आयोजित सूचनाको हक विषयको प्रशिक्षणमा आयुक्त बाँस्कोटाले भन्नुभयो, “सरकारको पक्षबाट सूचनाको हकको प्रचारप्रसार कमी भयो ।

सरकारले सूचनाको हकसम्बन्धी प्रचारप्रसार पर्याप्त मात्रामा नगर्दा स्थानीय तहका सूचना अधिकारीमा अन्योलता सिर्जना भएको उहाँले दाबी गर्नुभयो ।

आयुक्त बाँस्कोटाले स्थानीय तहका अधिकारीलाई सूचनाको हकको बारेमा प्रशिक्षित गराउनुपर्ने आवश्यकता रहको बताउनुभयो ।


तपाईको प्रतिक्रिया