बनेपा – तपाई ट्राफिकले सवरी रोक्नु भयो भने के बुझ्नु हुन्छ ? धेरैले लाइसन बिलबुक चोकिङ होल भनेर ! तर काभ्रेमा बिहिबार फरक भयो । जिल्ला ट्राफिक कार्यालय काभ्रेले सवारी दुर्घटना न्युनिकरण र सुरक्षित यात्रा गर्न सहयोग गर्ने उद्धेश्यले बनेपामा सवारी चालकहरुको आँखा, रक्तचाप र सवरीको मेकनिकल परीक्षण गराएका छन् ।

दुर्घटना न्युनिकरण र सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य चेकजाँच र सवारी साधनको यान्त्रिक अवस्थाका विषयमा बिहिबार एक दिने परिक्षण कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले बताए । ट्राफिक प्रहरी कार्यालय काभ्रेले गृहको योजना अनुसार समुदाय प्रहरी साझेदारी शान्तिपुर्ण एवं सुरक्षित सामाजका लागि भन्ने उद्देश्य अनुसार यस्तो कार्यक्रम संचालन गरेको प्रहरी निरिक्षक निशेष चापागाईले बताए । अहिले बढ्दै गईरहेको सवारी दुर्घटना न्युनिकरण गर्ने लक्ष्यका साथ यो अभियान सञ्चाल गरेको प्रहरी निरिक्षक निशेष चापागाईले बताए । हामिले यो आज एक दिने अभियानमा १ सय ४७ चालकहरुको स्वास्थ्य चेकजाँच भएको र १ सय २० सवारी साधानको सवरी परिक्षण भएको प्रहरी निरिक्षक निशेष चापागाईले बताए ।

सवरी चेकजाँचको लागि यातायत व्यवस्था कार्यालय जगती भक्तपुरका मेकनिकल सुपरभाइजर लक्षमण सपाकोटा आउनुभएको ट्राफिक प्रहरी निरिक्षक निशेष चापागाईले बताए । चालकहरुको स्वास्थ्य चेकजाँचको लागि धुलिखेल अस्पतालले डक्टरहरु पठाएर सहयोग गरेको प्रहरी निरिक्षक निशेष चापागाईले बताए । सवरी मेकनिकल परिक्षणमा रहेको मेकनिकल सुपरभाइजर लक्षमण सापकोटाले सवारीको मेकनिकल परिक्षणबाट सुरक्षित यात्रा रहेका छ, छैन भन्ने जानकारी हुने बताए । धेरै जसो सवरीहरुको मेकनिकल परिक्षण गर्दा केहि त्रुटि भेटिएको र सुधार गर्नको लागि चालकहरुलाई मेकनिकल सुझाव दिएको मेकनिकल सुपरभाइजर सापकोटाले बताए ।

आँखा तथा रक्तचाप परीक्षणमा संलग्न आँखा विशेषज्ञ डा. संकेत पराजुलीले जाँच गरेका चालकहरु मध्ये धेरै चालकहरुको आँखाको दृष्टि राम्रो नै देखिएको तर रक्तचाप भने काम गर्दा गर्दैको अवस्थामा नै परीक्षण गरेको भएकाले उच्च भएको पाईएको बताए । ‘सामान्यतय आधा घण्टाको आराम पछि चेक गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘केही चालकले भने उच्च रक्तचापको औषधी समेत सेवन गरिरहेको बताउनुभएको छ, उहाँहरुलाई हामीले त्यसको लागि अपनाउनु पर्ने विधिको बारेमा जानकारी दिने र रक्तचाप बढी नै देखिएकाहरुलाई थप जाँचको लागि अस्पतालमा सम्पर्क राख्न भनेका छौं ।’

सवरी चालकहरुको भिजिभिलिटीको लागि आँखा परीक्षण गर्ने र शारीरिक तनावका स्थितिमा प्रेसर कतिको छ र सवारीको प्रदुषण तथा यान्त्रिकहरु(ब्रेक, क्लच साईड मिरर र लाईट) को समेत कस्तो अवस्थामा सञ्चालन भईरहेका छन् भन्ने कुराको पूर्ण रुपमा चेक जाँच भईरहेको जिल्ला ट्राफिक कार्यलय काभ्रेका प्रहरी सहयाक निरिक्षक भिमसेन बिक्रम थापाले बताए । टिपर चालक रमेश तामाङ आज ट्राफिकले रोकेर सिविरमा स्वास्थ्य चेक गराउदा अचम्म भएको सुनाए । सधै जसो टिपर रोकेर कागज पत्र माग्ने गरेको प्रहरीले आज एक्कासी स्वास्थ्य चेक गर्नु भन्दा खुशी भएको तामाङले सुनाए ।

अर्काे टिफर चालक जित बहादुर पराजुलीले हामी मजदुरहरु त सधैं आफ्नो काममा मात्रै व्यस्त भईरहेका हुन्छौं, के मा कसरी ध्यान दिने भन्ने खासै सोच भईरहेको हुँदैन, यसरी चेक जाँच गरेर सुझाव दिदा साह्रै खुशि लागेको सुनाए । स्वास्थ्य र सवरी परिक्षणबाट कमी कमजोरी भएका सवारीको सुर्धानको लागि समेत चालकहरुलाई सुझावहरु दिईरहेको ट्राफिक प्रहरी सहयाक निरिक्षक भिमसेन बिक्रम थापाले बताए । काभ्रे जिल्लामा ट्राफिक प्रहरीको सक्रियतामा केहि दिन देखि प्रेसर हर्न निकाल्ने अभियान र मापसे चेकिङ तिब्र रुपमा गरिहरेको प्रहरी सहयाक निरिक्षक थापाले बताए ।


तपाईको प्रतिक्रिया