काठमाडौँ – काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको आज सुतेकै अवस्थामा मृत्यु भएको छ ।

काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुमार मल्लिक मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राति खाना खाई सुतेका उनी आज बिहान ओछ्यान मै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया