बेथानचोक – माघ ३ गते बिहीवार सरस्वती माध्यमिक विद्यालय बेथानचोक-४ ले आफ्नो स्थापनाको ४० औ जन्मोत्सब बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भब्यताको साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा फिड नेपाल भक्तपुरले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो पोसाक समेत वितरण गर्यो । समारोहमा लामो समय प्रधानाध्यापक रहि सेवा निवृत भएका शिक्षक रामकृष्ण श्रेष्ठ र उहाँकी धर्मपत्नी सुन्तोली श्रेष्ठलाई सम्मान तथा बिदाइ समेत गरियो ।

कार्यक्रममा फिड नेपालका प्रतिनिधिहरु, पत्रकार सरोज अधिकारी, पार्वती मा वि स्रोतकेन्द्रका स्रोतब्यत्ती बाबुराम तिमल्सिना, स्रोतकेन्द्र प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा, नेकपा बेथानचोक संयोजक बेदप्रसाद तिमल्सिना, नेपाली काङ्गेस बेथानचोक संयोजक कृष्ण बहादुर पाखृन, बेथानचोकका सबै वडाका वडाअध्यक्षहरु, बेथानचोक प्रहरी चौकी प्रमुख कृष्ण बहादुर थापा, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी, अन्य विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, सहयोगी तथा चन्दादाता सानुबाबु खत्री, अम्बिका बस्नेत लगायतले मन्तब्य राख्दै विद्यालयको शैक्षिक प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पुर्व शिक्षक तथा प्रधानाध्यापक ठुलोबाबु तिमल्सिनाले अक्षयकोष मार्फत गरिब तथा अपाङ्ग विद्यार्थीहरुलाई नगद छात्रवृत्ति समेत प्रदान गरे । कार्यक्रममा हास्य कलाकार भगवान खत्री र बिक्रम गौतमको समेत प्रस्तुती रहेको थियो ।


तपाईको प्रतिक्रिया