
काभ्रे – काभ्रे संगम म्युजिक प्रा. लि. को प्रस्तुतिमा किरण गौतम र बिशाखा गिरीको लोक दोहोरी गित भिरको मौरी बजारमा आएको छ । बजारमा आएको कह यो साताबाट दर्शक श्रोताको मन जित्न सफल बनेको छ ।
पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक किरण गौतमको लय र शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरीको आवाजमा रेकर्ड भएको हो ।
दिक्षान्त मुभिज कृयशन प्रा.लि.ले निर्माण गरेको म्युजिक भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन । किरण गौतम विशाखा गिरी र सरिता मगरको ठट्यौली अभिनय रहेको यो म्युजिक भिडियोमा किरण गौतमको निर्देशन र प्रेम कुमार थारुको सम्पादनमा तयार पारीएको हो।
भिडियो हेर्न तलको लिंक थिच्नुहोस्: