
उमेश दाहाल, ललितपुर
‘गजल’
नसालु नजरको बाण हान्दै आइ चुप लागिरहे।
लाजै नमानी च्याप्प हात समाइ चुप लागिरहे।
बादल जस्तै केश उन्को,पिपलपाते ओठ अनि,
झनै दन्ते लहर देखाएर मुस्कुराइ चुप लागिरहे।
मन नबुझी के निर्णय गरौं मात्र देखेकै भरमा,
भेट्ने बितीकै प्यार गरौं भनी मलाई चुप लागिरहे।
डर छ यार बोले बलात्कारको मुद्दा लाग्न सक्छ,
लगि एकान्तमा ललाइफकाइ चुप लागिरहे।
कसरि दोष लगाउँ उनीलाई,दोष जवानीको हो,
अंगालोमा बानी अनि चुम्बन खाइ चुप लागिरहे।