ई.रविन्द्रकुमार यादव
प्रमुख, नेपाल विद्युत प्राधिकरण काभ्रे, 

सुधारका लागि धेरै व्यक्तिको आवश्यकता पर्दैन तर जिम्मेवारीमा बसेका व्यक्तिहरुले राम्रोसँग आफूले पाएको जिम्मेवारी बहन गर्ने हो भने हरेक क्षेत्रमा सुधार हुन्छ । दुइ बर्षअघिसम्मको नेपाल विद्युत प्राधिकरण काभ्रेको अवस्था र अहिलेको अवस्थालाई नजिकवाट हेर्ने हो भने धेरै सुधार भएको छ । त्यो सुधारमा नेपाल विद्युत प्राधिकरण काभ्रेका प्रमुख इ.रविन्द्रकुमार यादवको नेतृत्वले ठूलो सुधारको काम भैरहेको छ ।

काभ्रेमा आएको केही समयमै सुधार गरेकै कारण यादवलाई काभे्रका कुलमानको रुपमा व्याख्या गर्न थालिएको छ । उनै यादवसँग केशवराज पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

0 काभ्रेमा विद्युत व्यवस्थापन कहाँ पुगेको छ ?

– खास गरेर काभ्रेका केही स्थानमा केन्द्रीत प्रशारण लाईन विस्तार हुन सकेको छैन । काभ्रेमा खानीखोला गाँउपालिका र महाभारत गाँउपालिकामा केन्द्रीय प्रशाारणवाट वितरण भएको लाईन विस्तार भएको छैन । तर केही समयमै विस्तारको क्रममा छौ ।

महाभारत र खानीखोलामा माईक्रो हाईड्रोवाट विद्युत विस्तार भएको छ । कोशीपारीको चौरीदेउराली–५ मा हामीले काम गरिरहेका छौ । हामीले वडा नं ४ मा काम गरिरहेका छौ । हामीले बनेपा,धुलिखेल र पनौतीको लाईनलाई हामीले छुट्टाएको छौ । विगतमा शहर र गाँउमा एउटै फिडरवाट सेवा विस्तार भएकै कारणले हामीले त्यसलाई लोड कम गराउन र विद्युत बचत गराउन समेत सफल भएका छौ ।

कोर बजारमा विद्युत सप्लाइमा समस्या देखिएको छैन । हामीले अब पाँचखालमा केही समयमा लाइन विस्तारको काम गरिरहेका छौ । यतीबेला हामीले बनेपा सव स्टेशनवाट काम गरिरहेका छौ ।

 

0 फिडर व्यवस्थापन गर्दा के फाईदा हुन्छ ?

– फाईदा दुईओटा हो । लोड धेरै हुने ठाँउमा फरक स्थानवाट लाईज दियो भने उहाहरुलाइ ओभर लोड हुँदैन । अर्काे भोल्टेजको समस्या हुँदैन । चोरीको समस्या समाधान हुन्छ । धेरै खपत हुने ठाँउमा हामीले छुट्टै फिडर राखेर राम्रोसँग व्यवस्थापन गर्दा लोड कम हुने भयो । हाम्रो वितरण लाईन, ट्रान्सफर्मर लाइनको अवस्था के हो भने सबै जंगल भएर गएको छ । वितरण लाईनहरु तिनीहरु जंगल भएर गएको छ । जसको कारणले समय समय अवरोध सृजना भएको छ । काभ्रेमा एउटै विस्तारित लाईनको कूल लम्बाई एक सय ५० किलोमिटरसम्मको रहेको छ ।

त्यसलाई सानो सानो इकाइमा हामीले रुपान्तरण गरिरहेका छौ । त्यसो गर्दा विवतरणमा कम समस्या आउने गर्दछ । धेरै लामो लाइनहुँदा खपत समेत धेरै हुने समस्या देखिन्छ । त्यसैले हामीले काभ्रेमा नपुगेको ठाँउमा लाइन विस्तार गर्ने र पुगेको ठाँउमा हामीले लाइनको व्यवस्थापनको काम गरिरहेका छौ ।

 

0 काभ्रेमा चुहावट कती कम भयो ?

– हामीले विगतदेखि अहिलेसम्म काम गर्दा हामी २० प्रतिशत चुहावट भैरहेको अवस्थामा छौ । विगतमा काभ्रेमा ३९ प्रतिशतसम्म चुहावट रहेको थियो । त्यती चुहावट रोकिदा काभ्रेमा बार्षिक ९ करोडसम्मको फाइदा पुगेको छ ।

 

0 काभ्रेमा चोरी रोक्ने अभियान कहाँ पुगेको छ ?

– अघिल्लो आर्थिक बर्षसम्म काभ्रेमा दिउँसै हाकाहाकी विद्युतको हुकिङ हुने गरेको थियो । मान्छे नडराइ चोरीमा संम्लग्न हुने गरेको थियो । तर अहिले अवस्थामा परिर्वतन आएको छ ।

दिउँसो पुरै कम भन्नसकिएन तर दिउँसो हुने चोरीमा ९० प्रतिशतसम्म कमी आएको छ । रातको समयमा चोरी भैरहेको छ । काभ्रेको मण्डन देउपुरलाई हेर्ने हो भने यो एक बर्षमा काभ्रेमा कम्तिमा १ हजार सात सय नयाँ मिटर वितरण भएका छन् ।

पाँच महिनामा काभ्रेमा ३ हजार २ सय मिटर वितरण भएकोमा १ हजार ७ सय मात्रै मण्डन देउपुरमा वितरण भएको हो । काभ्रेमा सबैभन्दा धेरै विद्युत चोरी काभ्रेको मण्डन देउपुरमा हुने गरेकोमा एकै पटक १७ सयले नयाँ मिटर लिएका छन् ।

यसको अर्थ के हो भने मान्छेमा विद्युत चोरी गर्नुहुँदैन भन्ने चेतनाको विस्तार भएको हो । मान्छेले जानेर नजानेर विद्युत चोरेको छ तर हामीले के भन्न खोजेका छौ भने हामीले विद्युतसँगै चेतनाको विस्तारमा काम गरिरहेका छौ ।

हामीले तीन कप चियाको पैसा विद्युत मासिक महसुल तिर्न सकिने रहेछ भन्ने सन्देश दिएका छौ । मासिक ५० रुपैयामा बत्ति बल्ने कुरा जनताले अब बुझ्न थालेका छन् । त्यसैले सामाजिक प्रतिष्ठाको बिषय समेत बनाएर मिटरको माग अत्याधिक रहेको छ ।

 

0 भुकम्पको कारण लडेका घरहरुमा मिटर पुरिएर चोरी बढेको अनि प्राधिकरणले मिटर नदिएको गुनासो सर्वसाधारणको छ नी ?

– मिटर समस्यालाई यहाँ देखाउन खोजिएको मात्रै हो । के कुरा बुझौ भने भुकम्प २०७२ सालमा गएको हो । तर चोरी काभ्रेमा कहिलेदेखि विद्यमान रहेको छ । भुकम्प जाने वित्तिकै मिटरको समस्या थिएन । त्यो बेला के समस्या थियो भने । सरकार पनि पुन निर्माणमा लागेको थियो । सरकारले घरलाई पहिलो प्राथमिकतामा राखेको थियो ।

जनतालाई सेल्टरमा राख्ने काम गरेको थियो । त्यो समयमा घरनै भत्किएको थियो । त्यस्तो अवस्थामा विद्युत पानी कसले हेर्ने । त्यो हुँदाहुँदै मान्छेले मिटर पनि छैन । हुकिङ गरेर बत्ति बालियो । सरकार र प्राधिकरण मौन बस्यो । अब त लामो समय भयो । यत्रो लामो समयहुँदा समेत अब पनि चोरी गर्नु भएन भनेर हामीले त्यसलाई रोक्न अभियान संचालन गरेका छौ ।

नेपालभर ३÷४ महिना अघि मिटरको आपुर्ती कम भएको हो । टेण्डर प्रकृयाको कारण केही समस्या आयो । आवश्यकता १ सय को हुँदा आएको १० ओटा मात्रै भएपछि समस्या देखिएको हो । तर आजको समयमा ग्राहकले निवेदन दिएको सात दिनभित्र हामी उपलब्ध गराउँछौ । केही समयमा भएको समस्यालाई लिएर अहिले आलोचना गर्नु ठिक नहोला ।

 

0 काभ्रेमा पुराना काठको पोलको समस्या कहिले हुन्छ ?

अब यो काभ्रेभित्र लगभग ४० हजार काठको पोल छ । अघिल्लो बर्ष ५ हजार पोल बदलि भएको छ । यो बर्ष पनि हामीले ५ हजार फेर्ने योजना बनाएका छौ । अब विगतदेखिनै काभ्रेमा विग्रीएको हो । काभ्रेमा जंगलवाट रुख काटेर ल्याउने र सिधै गाडेर विद्युत विस्तार भएको छ । काभ्रेमा विररित र विस्तारित लाईनमा समस्या रहेको छ ।

काभ्रेमा होल सिष्टमलाई यसले असर पारेको छ । काभ्रेको ग्रामीण भेगमा वितरित भएको लाइन प्राविधिक हिसावले ठिक छैन । त्यसको सुधारको लागि हामीले काम गरिरहेका छौ । पोल सिष्टमलाई सुधार गर्न केही समय लाग्छ । हामीले काभ्रेको पुरै सिष्टमको काम गरेका छौ । काभ्रेमा विस्तार सुधारको लागि आवश्यक बजेटको कुरा हामीले केन्द्रमा पठाएका छौ ।

अघिल्लो बर्ष हामीले पाँच हजार पोलको विस्तार गरेका छौ । काभ्रेमा अघिल्लो बर्ष एक जनापनि मानविय क्षती भएको छैन । नेपाल विद्युत प्राधिकरणको कारणले र हाम्रो कमजोरीको कारणले काभ्रेमा अघिल्लो बर्ष एक जनाको पनि मृत्यु भएको छैन ।

पाँचखालमा पुरानो घरवाट नयाँ घरमा लिएर जाँदा लत्रिएको तार काट्दा विद्युत लागेर उहाँको मृत्यु भएको हो । त्यो हाम्रो गल्ती हैन । हाम्रो गल्ती भनेको हामीले विस्तार गरेको लाइन चुडेर लाग्यो, ट्रान्सफर्मरमा लाग्यो भने हाम्रो गल्ती हुने हो । कसैले वायरिङ गरेर, पानी तानेको समयमा आन्तरिक कमजोरीको कारणले मृत्यु भएमा त्यो हाम्रो कमजोरी मानिने छैन ।

उहाँहरुले आफ्नो घरमा जहिले पनि सुरक्षाका उपाय अपनाउन आवश्यक रहेको छ । सुरक्षाको जिम्मेवारी ग्राहकको हो । हामीले एम स्विचसम्मको सुरक्षाको जिम्मेवारी लिएका छौ । धेरैले भन्छ ३ सय रुपैयाको स्विच किन किन्ने भनेर २ सयको किन्छ । तर एक सय रुपैयाले गर्दा क्षती धेरै हुन्छ । जाबो एक सय रुपैयाको चक्करमा क्षती धेरै हुन जान्छ । सुरक्षा अपनाउने विधी र प्रकृयामा स्वयम् ग्राहक आफै अघि लाग्न आवश्यक रहेको छ ।

 

0 मिटर बाड्दा ग्राहकलाई सुरक्षाको लागि परामर्श दिनु भएको छैन ?

– सुरक्षाको कुरा भनेको हामीले सबै ग्राहकसँग पुगेर कुरा गर्न सक्ने अवस्था छैन । सुरक्षामा हामीले एम स्विचको व्यवस्था गरेका छौ । वायरिङको कुरा कस्तो तार प्रयोग भएको छ । एम स्विच राखेपछि मात्रै हामी मिटर जडान गर्छाै ।

समय समयमा हामीले सुरक्षा सम्बन्धी सूचना प्रकाशन र प्रशारण गरेका छौ । सुरक्षामा ग्राहक पनि जानकार हुन आवश्यक रहेको छ । अहिले सबै क्षेत्रमा डिजिटल प्रयोग भएको छ । केन्द्र र हामीले सुरक्षाको सुचना जारी गरेका छौ । मान्छे पनि सचेत बन्न आवश्यक छ । काठको पोल बदलीको समस्या रहेको छ । यो क्रमिक रुपमा सुधार हुन्छ । हरेक बर्ष कम्तिमा पाँच हजारको दरले सुधार हुँदै आएको छ । हामीले वितरण लाइन सुधारको परियोजना समेत काभ्रेमा संचालनहुँदै छन् । त्यसमा समेत यो समस्याको समाधान हुन्छ ।

 

0 चोरी काभ्रेमा अन्त्य भएको हो ?

– काभ्रेमा चोरी अन्त्य भएको भनेर भन्न मिल्दैन । काभ्रेमा चोरीसमेत दुई किसिमको छ । प्राविधिक र गैर प्राविधिक । प्राविधिक भनेको पोल,सब स्टेशन, तारहरुको अवस्थाको कारणले प्राधिकरणले लस व्यहोरीरहेको छ ।

अप्राविधिक चोरी भनेको हुकिङ लगाएर मिटरवाट वाइपास गरेर चोरी भैरहेको छ । काभ्रेमा अप्राविधिक चोरीमा केन्द्रीत रहेर काम गरेका थियौ । तर यसपािली प्राविधिक लसलाई घटाउन हाम्रो प्रयास भैरहेको छ । काभ्रेमा वितरण प्रणाली रहेको छ । त्यसको आधारमा काभ्रेमा कम्तिमा २० प्रतिशत लस रहेको छ । यो लसलाई कम गर्न हामीले योजना बनाएका छौ ।

गैर प्राविधिक चोरीको घटेको छ । रातको समयमा मात्रै हुक लगाउन थालेको छ । यसले चेतना बढेको छ । समात्न आँउछ भन्ने हल्ला भएपछि रातको समयमा मात्र हुकिङ भएको छ ।

चोरीको समय घट्दा कम्तिमा २४ घन्टा हुने चोरी ८ घन्टामा घटेको छ । यो ८ घन्टा हुने चोरी कसरी कम गर्ने भनेर हामी लागेका छौ । अनि प्राविधिक लसलाई घटाउने काम गरेका छौ । यतीबेला दुईओटा फिडरमा हामीले कन्डक्टर अपलोडका काम गरिरहेका छौ । हामीले फिडर छुट्टाएर समेत सेवा दिएका थियौ । यसले लस घटाउने काम भैरहेको छ ।

 

0 कालोपाटी भनेको के हो ? यसको अवस्था काभ्रेमा के रहेको छ ?

– कालोपाटी भनेको कुनै ग्राहकले पैसा तिरेन अनि लाईन काटियो । लाईन काटिएको ६ महिनासम्म त्यो पैसा तिरेन भने त्यो पैसा कालोपाटीमा बस्छ । उ आएन भने उ ब्लाक लिष्टमा पर्याे । उ कालोपाटीमा परेपछि उसले सबै पैसा तिरेर फेरि नयाँ ग्राहक बन्छ ।

कालोसूचीमा परेका ग्राहकले पैसा तिर्दैनन् । उनीहरुले धेरै समय नतिरेपछि त्यो रकम थुप्रिन्छ । हामीले काभ्रेमा अघिल्लो बर्ष मात्रै झण्डै एक करोड रुपैया कालोपाटी उठाएका छौ । अब केही रकम बाँकी रहेको छ । हामी झापामा पुगेर रकम असुलेका छौ । नाम,थर ठेगाना बुबा हजुर बुबाको नाम मिलेमा हामीले रकम असुलेका छौ । कालोपाटी र चोरी गर्नेलाई छाड्दैनौ ।

 

0 चोरी बिरुद्ध स्थानीय भाषावाट समेत सूचना प्रशारण भैरहेको छ हो ?

– स्थानीय हिसावले सबै जातजातीलाई हामीले समेटि रहेका छौ । हामीले सबैलाई सहज होस भनेर सुचना जारी गरेका छौ । हामीले सबैलाई विद्युतको पँहुच पु¥याएका छौ । त्यस्तै समयमै विद्युतको पैसा तिरेमा राम्रोसँग विद्युत आपुर्ती हुनेरहेछ भन्ने कुराको जानकारी सबैले पाउनु प¥र्याे नी । त्यो सन्देश हामीले दिन खोजेका छौ ।

 

0  काभ्रेको मण्डन देउपुर नगर मात्रैमा १ हजार सात सय मिटर जाँदा तपाईहरु किन मण्डनदेउपुर प्रतिनै सहिष्णु नबन्नु भएको ?

– मण्डन देउपुरप्रति हामी पूर्वाग्रहनै छैन । त्यहाँका जनताले भनेको हामीले मानेकै छौ । त्यहाका जनताले भनेको काम हामीले निरन्तर गरिरहेका छौ । त्यहाँका जनतालाई हाम्रो अनुरोध भनेको विद्युत चोरी नगर्नुस र पैसा समयमै तिरीदिनुस । जहाँ समस्या आएको छ । त्यहाँ हामीले काम गरेका छौ । समस्या भएको कारणले त्यहाँ केन्दीत भएका छौ ।

 

0 काभ्रेमा समयमै ट्रान्समिटर नफेरिने समस्या के हो ?

– विगतको इतिहास मलाई थाहा छैन । अहिलेको मितीमा हामीले ट्रान्समिटर जलेको तीन दिनमा फेरेका छौ । नजिकको छ भने एकै दिनमा समेत फेरेका छौ । अब ट्रान्समिटर चल्छ कीन । जलाउने पनि जनतानै हो । हुकिङको कारणले ट्रान्समिटर चल्छ । हैन भने प्राकृतिक हिसावले चल्छ ।

चट्याङको कारणले समेत जल्ने गरेको छ । पहिला कति समय लाग्थ्यो थाहा छैन हामी तत्कालै परिर्वतन गछौ । हामीले अहिलेको समयमा बनेपामा सात स्थानमा ट्रान्समिटर थपेका छौ ।

यो आर्थिक बर्षको अन्त्यसम्ममा हामीले त्यो समस्या समाधान हुन्छ । हामी अब सुरुमा नगर त्यसपछि गाँउपालिकामा पुगेर ट्रान्समिटर अपग्रेड गर्ने योजना रहेको छ । अब ट्रान्समिटर जल्ने समस्या र फेर्ने समस्या धेरै हुँदैन ।


तपाईको प्रतिक्रिया