काठमाडौँ – केहि समय अगाडिदेखि सामाजिक सञ्जालमा दुबै हात र एउटा गोडा गुमाएका रुकुमको सानोभेरी गाउँपालिका कृष्ण ओलीको सामाचार भाइरल भइरहेको छ । उनी एक विद्युत प्राविधिक हुन्। सोही क्रममा नेपाली चलचित्र रनबिर टिम उनलाई सहयोग गर्न उनकै घर सोमबार गएर ठुलो रकम सहयोग गरेका थिए ।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए। गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्यो।आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन्।
हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया