धुलिखेल – शैक्षिक भ्रमणमा गएकी ११ बर्षको विद्यार्थी भक्तपुरवाट हराएपछि विद्यालयले सबैलाई खोजीमा सहयोग गर्न अनुरोध गरेको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ गैराथोक घर भएर वडा नं. १० स्थित उमासह शिक्षालय माध्यामिक विद्यालयमा कक्षा पाँचमा अध्ययरत बालिका चारदिनदेखि हराईरहेकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षकी बालिका सुनमाया तामाङ्ग पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् ।

विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणबाट भक्तपुर गएकी बालिका भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको भनेर संम्भावित ठाँउहरुमा खोज्दा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

सबै मिलेर चारदिनदेखि खोजिगर्दा समेत उनको पत्ता लाग्न सकेको छैन विद्यालयका प्रधानाध्पक सालिकराम श्रेष्ठले भने । ‘हामीले सम्भावित सबै ठाउँमा खोजी सक्यौं, प्रहरी चौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लागेकै छैन, हामी सबैसँग बालिकाको खोजी गरिदिन अनुरोध गर्दछौ ’ श्रेष्ठले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाले बालिका खोजीको सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।


तपाईको प्रतिक्रिया