
छवि श्रेष्ठ,
बेथानचोक गाउँपालिका-४, डांडागाउ
‘गजल’
भित्तामा उसैको तस्वीर हुन्छ
जस्को झुक्नै नजान्ने शिर हुन्छ
यहि छे जो मलाई पागल भन्छे
नाम तोकौ त उस्लाई पीर हुन्छ
यता फालिन्छ ईश्वर सडकमा
उताभने रित्तै मन्दिर हुन्छ
नजर बिझाउछ आफ्नालाई हेर्दा
आखैमा राखुजस्तो मुसाफिर हुन्छ
सरकार गुहार्न विवश छिन् आमा
हुन त आफ्नै छोरो अमिर हुन्छ