काठमाडौं – थारु समुदायमा नयाँ २६४३ को रुपमा मनाईने माघी पर्वको रौनक सुरु भएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको हो ।

ठाउँठाउँमा माघीमा मेला गरेर थारु समुदाय माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन समारोह आयोजना गरी मनाउन थालेका हुन् ।

माघीको अवसर पारेर काठमाडौंको चाबेलमा थारु कल्याणकारीको आयोजनामा माघको १ र २ गते माघी मेला सुरु गर्ने भएको छ । मेलाको मुल उद्देश्य माघीलाई भव्य रुपमा मनाउने नै छ । मेलाहरुमा मुल आकर्षणको रुपमा थारु नाच, खानाका परिकार, प्रदर्शनी, थारु गाउँ, थारु समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको सामग्रीहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेका छन् ।

साथै ब्रोथर्स ग्रुप र Tharu Active Group पनि थारु कल्याणकारी संग सहकार्य गरेर काठमाडौंको टुडिखेलमा १ र २ गते हुने थारु माघी महोत्सबमा चित्रकला प्रदशनी आ बेरहटिया घरको स्टल राख्ने र भेष-भूसा सहितको र्याली रहने ब्रोथर्स ग्रुपका विश्वजीत चौधरीले बताए ।


तपाईको प्रतिक्रिया