अनिता धिताल, काभ्रे –

‘गजल’
कामदेवकी रती, शिवकी सतीका कुरा
म संग गर्दै नगर यो पिरतीका कुरा

आफू जान्ने बन्न अरुको बिरोध गर्नुपर्छ
नजान्ने अरे गर्दा खेरि सहमतिका कुरा

लाग्छ,म राहुकाल थिँए उसको जीवनमा
सुन्दा आजभोलि उसका प्रगतिका कुरा

भोक मेटिदैन सरकार त्यो सिटामोलले
खाली पेटले गर्नै मान्दैन ओखतीका कुरा

विदेशीएको उसलाइ पनि बाडुल्की लाग्छ?
जब उ गर्छे प्रेमिको अङ्गालोमा पतिका कुरा


तपाईको प्रतिक्रिया