दमक – दुई दिनअघि आगलागीबाट घरवारविहीन हुनुभएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ ।

सिलिण्डर ग्यास पड्किएर निरौलाको काठेघर जल्नुका साथै तीन पशुचौपायासमेत जलेर मरेका थिए । आगलागीपिडित निरौला परिवारलाई पुनःस्थापित गराउन वडा कार्यालयले घर निर्माणका लागि चाहिने जस्तापाता सहयोग गरिएको वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पीडितलाई करीब रु ४४ हजार १६० मूल्य बराबरको जस्तापाता सहयोग गरिएको हो । यस्तै घर निर्माणका लागि वडाध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा नगद रु पाँच हजार, गुणराज थापाले रु १० हजार, श्रीकृष्ण प्रणामी युवा परिषद्ले रु १० हजारसमेत पीडित परिवारलाई सहयोग गर्नुभयो ।


तपाईको प्रतिक्रिया