बनेपा : काभ्रेको सबैभन्दा पुरानो नगरपालिका बनेपाको बसपार्कमा दैनिक सयौं गाडी बसपार्कमा छिर्ने र त्यहाँवाट आफ्नो गन्तव्यसम्म पुग्ने गर्दछन् । बसपार्कमा चारओटा व्यवसायिक भवनहरु समेत छन् ।

व्यवसायिक भवनमा नुनदेखि सुनसम्मको कारोवार हुने गरेको छ । हरेक क्षेत्रमा बिचौलियाको दवदवा छ । तर बनेपा बसपार्कका चारओटा व्यावसायिक भवनभित्रका व्यापारी व्यवसायी र बनेपा नगरपालिकाबिच बिचौलियाको डर छैन । व्यापारीहरुले नगरले तोकेको भाडा मासिक रुपमा नगरपालिकामै लगेर बुझाउँछन् । यो क्रम २० बर्षदेखि निरन्तर चल्दै आएको छ ।

यो अभियानलाई क्रमभंङ्गता गर्न बनेपा नगरपालिकाले बिचौलिया प्रवेश गराउने सार्वजनिक सूचना प्रकाशित गरेसँगै बनेपा बसपार्कमा व्यापारीहरुले त्यसको कडा प्रतिवाद गरेका छन् । प्रतिवादको दुईओटा कारण रहेको उनीहरु सुनाउँछन् । कारण एक राम्रो भैरहेको सम्बन्ध र नगर–व्यापारीले सिधै नगरको आन्तरिक आम्दानीलाई बढाउने हिसावले मासिक नियमित तोकिएको भाडा बुझाउँदा समेत बिना जानकारी टेण्डर आब्हान गर्नु र हरेक क्षेत्रवाट बिचौलिया हटाउने अभियान चलिरहँदा कहिल्यै छिर्न नसकेको बिचौलिया बसपार्कमा छिराउन खोजेपछि उनीहरुले विरोध जनाएका हुन् ।

बनेपा बसपार्कका पसलहरुमा ठेकेदार र पेटी ठेकेदार नहुँदा काभ्रेमै सस्तोमा सामानहरु व्यापारीले बिक्री वितरण गरेका छन् । ठमाण्डौमा सामान नकिनी सिधै बनेपा आएर सामान किन्ने धेरै छन् । अब बसपार्कमा ठेकेदार प्रवेश गरेपछि भाडा ह्वात्तै बढ्दा त्यसले सपार्ककै व्यापारलाई मंहङ्गो बनाउने निश्चित छ । जसवाट आम उपभोक्ता मारमा पर्नेछन् ।

बर्षाैदेखि बनेपा बसपार्कमा पसलहरु संञ्चालन गर्दै आएका व्यवसायीहरुले रोजिरोटी समेत खोस्ने गरि बनेपा नगरपालिकाले टेण्डर आब्हान गरेपछि बनेपा बसपार्कका व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।

बनेपा नगरपालिकाले व्यवस्थित रुपमा भवन नबनाएको समयमा समेत टहरावाटै काभ्रे तथा आसपासका जिल्लाहरुका उपभोक्ताहरुको दैनिक जीवनमा आवश्यक पर्ने सामाग्रीहरु बिक्री गरेर सेवा दिदै आएका ६० ओटा पसलहरुलाई विस्थापित गराउने उदेश्यले नगरपालिकाले टेण्डर आब्हान गरेसँगै बनेपा बसपार्कका व्यापारीहरुले व्यवसायवाट विस्थापित बन्दा घर परिवार संचालन समेत नहुने देखेकै कारण अब आन्दोलनको विकल्प नरहेको भन्दै बसपार्कमै पत्रकार सम्मेलनको आयोजना गर्दै चरणबद्ध आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।

२० बर्षदेखि बसपार्कमा नगरपालिकाले तोकेको दररेटमै आफूहरुले भाडा तिरेको र आगामी दिनहरुमा समेत तिर्न तयार रहेको बताएपनि एकलौटी ढंङ्गवाट आफूहरुको रोजिरोटीलाई विस्थापित गर्नेगरि नगरपालिकाले एकलौटी ढंङ्गवाट टेण्डर आब्हान गर्नु दुभाग्र्य रहेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले दावी गरेका छन् ।

काभ्रेको बनेपा बसपार्कमा २० औं बर्षदेखि नगरपालिकाले तोकेको भाडा दरमा आफूहरुले व्यवसाय संञ्चालन गरेपनि नगरपालिकाले सबै व्यवसायीहरुलाई एकै नजरवाट हेरेर व्यवसायनै विस्थापित गराउने उदेश्यले टेण्डर आब्हान गरेकोमा उनीहरुले त्यसको विरोध जनाएका हुन् ।

‘हामी भाडा बढाउने र टेण्डर आव्हान गरेको निर्णयमा विरोध गरेका छैनौ तर नगरपालिकाले हामीलाईनै भाडा बढाएर यहाँ राख्ने अवसर दिनु पर्याे भनेर माग गरेका छौ’ बसपार्क व्यवसायी समाजका राधेश्याम काफ्लेले बताए ।

‘विगत २० बर्षदेखि नगरपालिकाले भनेकै भाडा तिरेर हरेक पटक नगरले भनेको जस्तै भाडा बढाएको समयमा केही पनि नभनी भाडा तिरे पनि परिवार संचालनमा अवरोध पु¥याउने हिसावले हामीलाई विस्थापित गराउन टेण्डर आब्हान हुनु दुखत छ’ काफ्लेले भने ।
‘२० बर्षदेखि हामीले यो बाहेक अरु व्यवसाय चलाउन जानेका छैनौ तर पुर्वाग्रही हिसावले हाम्रो ६० ओटा पसलमा लगानी भएको कम्तिमा १२ करोड रुपैया समेत डुब्दा हामी सडकमै पुग्ने अवस्थामा राज्यले पु¥याउन मिल्छ की मिल्दैन हामी प्रश्न गर्न चाहन्छौ’ व्यवसायी राजेन्द्र सापकोटाले भने ।

‘सरकारले हरेक नागरिकलाई रोजागारी दिने नारा अघि सारेपनि हामीलाई भने स्थानीय सरकारले भैरहेको रोजगारी समेत खोस्ने काम गरेर अन्याय गरेको छ’ बनेपा बसपार्क व्यवसायी समाजका संयोजक ज्ञानु काफ्लेले भनिन् ।

बनेपा बसपार्कका अधिकाशं व्यापारीहरुले समयमै भाडा तिरेको र अहिले पनि नगरपालिकाले बढाउने भनेको भाडादर कायम गरेमा सोही अनुसार तिर्न तयार रहेपनि जबरजस्ती रुपमा हामीलाई फटाह बनाउने प्रयास भैरहेको व्यापारीहरुको गुनासो छ ।
‘कुन व्यापारीले पैसा तिरेन हामीलाई भन्नुस्,हामी उसलाई पैसा तिर्न लगाउँछौ’ अर्का व्यापारी सुरज श्रेष्ठले भने । पैसा पनि लिने अनि हाम्रो अनुहारमा हिलो छ्याप्ने काम किन भैरहेको छ ।

व्यापारीहरुले नगरले टेण्डरका लागि सूचना प्रकाशित गरेकै आधारमा चार ओटा ब्लक रहेकोमा हामी बनेपा नगरपालिकाले भनेको जस्तै भाडा दर तिर्न र त्यसको जिम्मेवारी लिन आफूहरु तयार रहेको बताएका छन् । ‘हामीलाई हरेक ब्लकको जिम्मा दिनुहोस् त्यसका लागि मापदण्ड बनाउनुहोस हामी त्यसमा काम गर्न तयार छौ’ अर्का व्यवसायी राजु श्रेष्ठले भने ।

बसपार्कमा फेन्सी,खानाखाजा,मोवाईल,टिकटघर,कस्मेष्टिक लगायतका ६० ओटा पसलहरु संचालित छन् । त्यसका साथै साना ठूला व्यापारीहरु २ सय व्यापारीले बसपार्कवाटै व्यापार गरिरहेका छन् ।

समय समयमा नगरपालिकाले भाडा बढाउँदा समेत व्यापारीहरुले बढेको भाडा समयमै तिरेपनि अहिले व्यापारीहरुलाई विस्थापित गराउने उदेश्यले नगर–व्यापारीबिच सिधै कारोवार भैरहेको समयमा बिचौलिया खडा गर्ने काम तत्काल रोक्न व्यापारीले माग गरेका छन् ।

अहिले एकै भाडा दर कायम भएपनि अब बिचौलियाको प्रवेशपछि भाडा दरमा एकरुपता नहुने तथा उसलाई मन लागेको समयमा व्यापारीलाई पसल राख्ने र मन नलागेकामा व्यापारीलाई सिधै हटाउने खेल सुरु हुँदा सामान्य व्यापारी समस्यामा पर्ने व्यापारी अनिल श्रेष्ठले बताए ।


तपाईको प्रतिक्रिया