काभ्रेपलाञ्चोक – काभ्रेको दोलालघाटको चन्द्र सेतु निर्माणमा गम्भिर लापरवाही भएको भुम्लु गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताएका छन् । चन्द्रशम्सेरले सुनकोशी र ईन्द्रावतीको संगमस्थल दोलालघाटमा निर्माण गरेको चन्द्रसेतु पाटी २०७२ सालमा आएको भुकम्पले क्षतीग्रस्त बनेपछि यतीबेला पुरातत्व विभागले पुनः निर्माण गरिरहको छ । पुनः निर्माणको जिम्मेवारी पुरातात्विक विभागले धर्मएस छाँयाश्वरी जेबीलाई दिएको छ ।

पाटी निर्माणमा गम्भिर लापरवाही गरेको सुनेपछि स्थलगत निरिक्षणमा पुगेका गाँउपालिकाको अध्यक्ष कुँवरले पुरानो संरचनामा कुनै पनि मेल नखाने हिसावले चन्द्र सेतु पाटीको निर्माण भैरहेको बताएका छन् । ‘काठको प्रयोगदेखि गारोमा प्रयोग भएको ईट्टाको मापदण्डको प्रयोग समेत पुरातत्वको ढाँचामा छैन’अध्यक्ष कुँवरले बताए । पुरातत्व विभागले भुम्लु गाँउपालिकामा चन्द्र सेतु पाटीको निर्माण भैरहेको जानकारी दिएपनि त्यसमा भएको प्रगती लागत मूल्य र भवन डिजाईन खुलाएको कुनै पनि कागजपत्र भवन निर्माणस्थलमा राखेका छैनन् । गाँउपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले स्थानीय जनताले समेत पुरानो ढाँचा अनुसारको नक्सामात्रै भएको गुनासो गरेको बताएकी छिन् ।

‘एउटै पाटीमा चार थरीका ईट्टा प्रयोग भएका छन्, जुन संवेदनशिल ढंङ्गवाट पाटी बनाउनु पर्ने हो,त्यस अनुरुपमा पाटी बनेकै छैन’ उपाध्यक्ष श्रेष्ठले भनिन् । धर्मएस छाँयाश्वरी जेबीले २०७५ साल चैत्र मसान्तमा काम सम्पन्न गर्ने गरि ९६ लाख ६५ हजार ७ सयमा ठेक्का लिएको थियो । राणाकालिन पुरानो पाटीमा एकै प्रकारका ईट्टाको प्रयोग गरिएपनि निर्माण कम्पनीले फरक फरक खालको ईट्टा प्रयोग गरेको छ । पाटीमा लगाएको गारोको आकारनै बाङ्गो लगाईएको छ ।

चन्द्र सेतु पाटीको निर्माण हेर्ने ईञ्जिनियर मोहनसिं लामाले गारो सिधा बांङ्गो जे भएपनि बाहिर चुना,सुकी र बालुवाको समिश्रणको लिउन लगाउँदा सिधै हुने जवाफ दिए । गाँउपालिकाका अध्यक्षले कुहिएको काठमा रन्दा समेत नलगाएको, गारो सिधा नलागेको स्थलगत निरिक्षणवाट आएको जानकारी दिएको जानकारी पाएको भन्ने जिज्ञासा राख्दा ईञ्जिनियर लामाले गाँउपालिकाको अध्यक्षलाई भवनको बिषयमा जानकारी नभएको भन्दै उनले राम्रोसँग काम भएको दावी गरे ।

पुरातात्विक विभागले पुनः निर्माण गर्दा पुरानो संरचनालाई विगार्ने अधिकार पाउँदैन । तर पुरातात्विक विभागकै ईञ्जिनियरले आँखा चिम्लदा काभ्रेको भुम्लु गाँउपालिका मा रहेको चन्द्र सेतु पाटीको संरचनानै फरक रुपमा देखिएको छ । दुई कोठा रहेको सो चन्द्र सेतु पाटीमा राखिएको झ्याल ढोका, गारोनै पुरानो संरचनाको आधारमा नभएको स्वयम् गाँउपालिका अध्यक्षलै बताउँदा पुरातत्व विभागका ईञ्जिनियरले समेत त्यसमा चासो दिन सकेका छैनन् । २०७४ साल साउनदेखि निर्माण थालेको चन्द्र सेतु पाटी ३१ फिट लम्बाई र १८ फिट चौडाई रहेको छ । निर्माण कम्पनीले तल्लो तलामा २७ ईन्चको वाल र माथिल्लो तलामा २४ इन्चको वाल बनाउने सम्झौता भएको छ । गारो लगाउन चुना,सुकी र बालुवाको राम्रोसँग समिश्रण नभएको स्थानीयले बताएका छन् ।

पाटी निर्माणमा त्रुटीनै त्रुटी रहेको स्थानीय बासिन्दाले बताएका छन् । पुरातत्व विभागले झण्डै एक करोड रुपैयामा निर्माण गर्न लागेको पाटीको निर्माणमा गम्भिर त्रुटी भएपनि पुरातत्व विभागले प्रभावकारी अनुगमन नगरेको स्थानीयको आरोप छ ।


तपाईको प्रतिक्रिया