काठमाडौँ – काठमाडौँको पुरानो बानेश्वरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका घर भई हाल पुरानो बानेश्वर बस्दै आएका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको छतबाट खसेर मृत्यु भएको हो ।

शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई पहिले केएमसी अस्पताल सिनामंगल पुर्याईएकोमा थप उपचारका लागि नेपाल मेडिसिटी अस्पताल लागिएको थियो।


तपाईको प्रतिक्रिया