बनेपा – आरम्भ साेसियल व्यलफेयर (Aarambha Social Welfare) तथा बनेपा शहरी स्वास्थ्य केन्द्र काे आयोजना मा १ दिने निःशुल्क स्वास्थ्य शिविर पौष २१ गते सम्पन्न भएकोे छ।

उक्त स्वास्थ्य शिविर मा बनेपा वडा नं. ९ काे कार्यालय, राेटरी कल्ब बनेपा, रोट्याक कल्ब पनाैती लगायत अन्य ४ वटा संस्थाहरुको प्रत्यक्ष सहयोग रहेको अायाेजकले जानकारी गराउनुभयाे । १ दिने निःशुल्क स्वास्थ्य शिविर मा बिरामीले मुख तथा दाँत सम्बन्धि परिक्षण, सुगर, मृगौला र हार्ड जोर्नी सम्बन्धि राेग काे परिक्षण लगायत राेग सम्बन्धि परामर्श लिएका थिए ।

शिविरमा मुख्य सहयोगीको रुपमा डा. रविन्द्र प्रसाद राजभण्डारी ले बनेपा हेल्थ केयर काे तर्फबाट नेतृत्व गर्न पाउँदा अाफु र यस बनेपा हेल्थ केयर खुसी भएकाे जानकारी गराउनुभयाे । सो एकदिने निःशुल्क स्वास्थ्य शिविरमा करिव ३०० जनाले बनेपा हेल्थ केयरका बिशेषज्ञ चिकित्सकबाट आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमा सेवा दिने अवसर प्रदान गर्नु भएकोमा बनेपा हेल्थ केयरलले अायाेजक तथा सहयाेगी सबैलाई धन्यवाद् दिएकाे छ।


तपाईको प्रतिक्रिया