काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज सम्बोधन  गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले  आज दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो  ।

प्रधानमन्त्री ओलीले गत  बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता कारण ओलीको सम्बोधन स्थगित भएको थियो ।


तपाईको प्रतिक्रिया