भुम्लु – भुम्लु गाँउपालिका–१ रिठ्ठेका स्थानीय कृषकहरुको जिविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले भुम्लु गाँउपालिकाले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको सहयोगमा उन्नत गँहुको बिउ वितरण गरेको छ ।

सिंचाईयोग्य जमिन भएको रिठ्ठेका जनतालाई आम्दानीमा टेवा पुगोस् उदेश्यले उन्नत जातको गँहुको बिउ वितरण गरेको हो ।

आफ्नो गाँउका किसानहरुलाई कृषि पेशावाटै आत्मनिर्भर बनाउने उदेश्यले गाँउपालिकाले नार्कसँगको साझेदारीमा उन्नत बिउ वितरण गरेको गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए ।


तपाईको प्रतिक्रिया