दोलालघाट – दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको २४ औं वार्षिक साधारण सभा तथा निर्वाचन सभाबाट अध्यक्ष अष्ट श्रेष्ठ निर्वाचित भएका छन् । आईतवार दोलालघाटमा भएको मतदानवाट श्रेष्ठ अत्याधिक मतले विजयी बनेका हुन् ।

समितिको उपाध्यक्षमा सुन्दर लामा, सचिवमा विशाल श्रेष्ठ, सहसचिव रामकृष्ण श्रेष्ठ, कोषाध्यक्ष सुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवको सदस्यहरुमा जालबहादुर बिक,सुमन श्रेष्ठ र समिन राय चयन भएका हुन् । त्यस्तै क्लबको लेखा समितिको संयोजकमा छविरमण पराजुली र सदस्यमा दिलिप श्रेष्ठ चयन भएका हुन् ।

भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्लवको कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सामाजिक काम गर्न सकेकोमा क्लबलाई धन्यवाद दिए ।

उनले शहरी क्षेत्रमा मात्रै नभएर क्लबले गाँउपालिकाको सबै क्षेत्रमा पुगेर सेवा पु¥याउन आवश्यक रहेको औल्याए । उनले गाँउपालिकाले क्लबको भवन बनाउन सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व मन्त्री गोविन्दनाथ उप्रेती लगायतकाले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया