दोलालघाट – भुम्लु गाँउपालिकाको हरेक वडाका किसानहरुवाट माटो संकलन गरेर भुम्लु गाँउपालिकाले दोलालघाटमा ल्याएर ३ सय ६२ कृषकको माटो परिक्षण गरेको छ ।

भुम्लु गाउँपालिकाले गाउँमै किसानहरुको लागि माटो परिक्षणको ब्यवस्था गरिदिएपछि ३ सय ६२ जना कृषकले माटोको परिक्षण गराएका छन् ।  काभ्रेमै पहिलो पटक सबै बडाका कृषकहरुको माटो गाँउपालिकाले  भुम्लु गाँउपालिकाको १० ओटानै वडाका किसानहरुको माटो परिक्षण गराएको हो । अब सम्पुर्ण माटोको पुर्ण विवरण आएपछि गाँउपालिकाले कृषकहरुलाई कृषि चुन वितरण गर्ने योजना बनाएको छ ।

पौष १५ गते दोलालघाटमा गाँउपालिकाका अध्यक्ष गुमानध्वँज कुँवरले माटो परिक्षण शिविरको उद्घाटन गरेका थिए । माटो परिक्षण गर्ने किटमा माटोमा रसायन हालेर उनले शिविरको समुद्घाटन गरेका थिए ।

भुम्लु गाँउपालिकाले केही महिनादेखि कृषकहरुलाई माटो परिक्षण पश्चातहुने फाईदाको बारेमा वडामै पुगेर जागरुक बनाएपछि आइतबार देखि गाउँपालिकाको ८ नं वडा दोलालघाटमा माटो परिक्षण सुरु गरेको थियो । सबै बडाका कृषकहरुले माटोको नमूना पठाएका थिए । कृषकहरूको जग्गा जमिनको माटो परीक्षण, माटो अनुसार मलको प्रयोग, मौसमअनुकूल खेती गर्ने विधिलगायतका ज्ञान प्राप्त र जानकारीको लागि गाउँमै यस्तो ब्यवस्था गरेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरले बताए ।


तपाईको प्रतिक्रिया