
बनेपा – काभ्रेको मुख्य बजारसँगै गाँउगाँउमा सडक पुगेपछि सवारी साधनहरु पुग्न थालेका छन् । गाँउसम्म पुगेका सवारी साधनले यात्रालाई सहज पारेपनि त्यहाँ जडान भएका प्रेसर हर्न तथा अनावश्यक सोलीहरुले मानव स्वास्थ्यसँगै पशुहरुलाई समस्या देखिएपछि जिल्ला प्रहरी कार्यालयमा गुनासो आउन थालेसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले प्रेसर हर्न हटाउन आक्रमक अभियान सुरु गरेका छन् ।
उनले सुरु गरेको प्रेसर हर्न हटाउने अभियानको पहिलो दिन शुक्रवार मात्रै तीन सयभन्दा धेरै सवारी साधनहरु कारवाहीमा परेका छन् । सवारी साधनले अनावश्यक रुपमा गाँउदेखि शहरसम्म प्रेसर हर्न बजाएकोको गुनासो आएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले प्रेसर हर्न हटाउने अभियाननै थालेको छ । अभियान सुरु गरेको पहिलो दिनमै ३ सयभन्दा धेरै सवारी साधनमा अनाधिकृत रुपमा राखिएका हर्नहरु हटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले बताएका छन् ।
काभे्र भएर जोडिने अरनिको र बिपी राजमार्गमा प्रेसर हर्नको नराम्रो असर पारेसँगै काभ्रेमा प्रेसर हर्न हटाउने अभियान सुरु भएको छ । केन्द्रीय राजधानीको वैकल्पिक सहरका रुपमा विकास हुदै गरेको काभ्रेको बनेपा, पनौती र धुलिखेल व्यवस्थित रुपमा विकास गर्न सकिने अथक सम्भावनामा प्रेसर हर्न बाधक देखिएपछि ट्राफिक प्रहरीले हर्न हटाउने अभियाननै सुरु गरेको हो ।
‘गाँउदेखि शहरसम्म प्रेसर हर्नको कारणले समस्या सृजना भएको गुनासो आउन थालेपछि त्यसलाई रोक्न हामीले अप्रेशन चलाएका छौ’निरिक्षक चापागाईले भने ।
संघिय राजधानीको वैकल्पिक शहरका रुपमा काभ्रे्रको धुलिखेल, पनौती र बनेपाको विकास गर्ने सरकारको अभियान रहेको भएपनि साधुरो सडकले यो काभ्रे उपत्यकालाइ खुम्चाएको त छदै छ । संगै संगै प्रेसर हर्न कोलाहाल समेत बनाएको छ । प्रहरीले पछिल्लो समय विपि राजमार्ग र अरनीको राजमार्गमा प्रेसर हर्न निषेधको अभियान थालेपछि एक्कै दिन चारसय भन्दा बढि सवारीसधान कार्वाहिमा परेका छन् । प्रेसर हर्नले बनेपा बजारमा कोलाहाल मच्चीपछि ट्राफिक प्रहरीले प्रेसर हर्न हटाउने अभियान सञ्चालन गरेको छ ।
प्रेसर हर्नका कारण काभ्रेको मुख्य शहर बनेपा, धुलिखेल र पनौतीमा कोलाहाल नै मच्चीने गरेपछि प्रहरीले पछिल्लो दुइ दिन देखि विशेष अभियान चलाएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले सुरु गरेको अभियानमा हाल सम्म चार सय वटा भन्दा बढि सवारी साधनबाट प्रेसर हर्न निकालि सकेको छ । सहरी क्षेत्रभित्र केहि समयमा नै प्रेसर हर्न निषेश क्षेत्रका रुपमा विकास गर्ने अभियान चलाइएको जिल्ला ट्राफिक कार्यालय काभ्रेमा प्रमुख निषेश चापाइले बताए । सवारी साधानमा लेखिएका विभिन्न खालका हिंसात्मक सायरी समेत हटाउन थालिएको उहाँल जानकारी दिए ।
राजधानी काठमाडौंबाट काभ्रे भित्रने वित्तिकै प्रेसर हर्नको समस्या जटिलता देखिएको गुनासो आएपछि साँगाबाट पनौती, बनेपा, धुलिखेल, पाचखाल, भकुण्डे लगायतका स्थानमा प्रेसर हर्न विरुद्धको अभियान अगाडी बढि सकेका छन् । विपि राजमार्ग र अरनीको राजमार्ग भित्र पर्ने मुख्य सहरमा प्रहरी र समुदाय दुवै मिलेर अगाडी बढिने योजना रहेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । प्रेसर हर्नले मानविय स्वास्थ्य संगै दुर्घटनमा समेत बृद्धि हुने गरेको प्रहरीको भनाइ रहेको छ । यता चालकहरुले भने विकट स्थानमा र घुम्ती बाटोमा प्रेसर हर्नको विकल्प अरु नरहेको भन्दै आपत्ति समेत जनाएका छन् ।