पाँचखाल – खानेपानीको अभावले काकाकुल बन्दै आएको पाँचखालको भविष्यसँग जोडिएको सुनकोशी पाँचखाल बृहत खानेपानीलाई सफल बनाउन अगुवाहरुले वडानैपिच्छे जागरण अभियान संचालन गरिरहेका छन् ।

पाँचखालका सबै बडाहरुमा खानेपानीको पँहुच पु¥याउनको लागि सुनकोशी बृहत खानेपानी परियोजना भविष्य रहेकाले नगरका अगुवाहरुले हरेक बडामा पुगेर जागरण अभियान संचालन गरेको हो ।

काभ्रेमा खानेपानीको सबैभन्दा धेरै समस्या रहेको नगरमा पाँचखालमा पर्ने गरेको छ । खानेपानीको वैकल्पिक स्रोत नभएको पाँचखालमा सुनकोशीको विकल्प नभएको भन्दै युवाहरुले जागरण अभियानमा सकृय बन्न अनुरोध गरेका छन् ।

पाँचखालमा अगुवा एंव नेकपाका नेता कंञ्चन अधिकारीले सबैको सहयोगमा पाँचखालमा खानेपानीको समस्या समाधान गर्नु पर्ने बताए । दुई अर्ब २१ करोड लागतमा निर्माण हुन लागेको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको लागि उपभोक्ता समितिबाट ब्यहोर्नुपर्ने पाँच प्रतिशतले हुन आउने रकम बराबरको प्रतिघरधुरी १८ हजारको दरले रकम संकलन गर्नको लागि उपभोक्ता समितिले सो अभियान थालेका हो । समितिले प्रत्येक वडास्तरबाट नै घर–घरमा पुगेर रकम संकलन गर्न थालेको छ । सो आयोजनाको लागि उपभोक्ता समितिले पुस महिनाभित्रमा रकम संकलन गरी आयोजनाको खातामा जम्मा गरिसक्नु भपर्ने भएकाले सो रकम संकलन गर्न अभियान नै थालनी गरेको हो । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले अभियान सफल गरेर काम तत्कालै सुरु गरिने बताए ।

सो क्रममा विभिन्न संघ÷संस्था, विद्यालय र सरोकारवाला निकायहरुको सहभागितामा प्रत्येक वडामा सो सम्बन्धी जानकार िसहितको ब्यानर र प्ले कार्ड सहितका ¥याली समेत गर्दै आईरहेका छन् । खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ता समितिबाट जम्मा गर्नुपर्ने रकम जम्मा गर्नको लागि आम उपभोक्तालाई सचेत गराउनको लागि पनि जागरण अभियानमा सहभागि जनाएको स्थानीयहरु बताउँछन् ।

सो आयोजनाको लागि नेपाल सरकार, एसियाली विकास बैङ्क(एडिबी) र उपभोक्ता समितिको गरी दूई अर्व २१ करोड लागतमा निर्माण हुन लागेको हो । त्यसको लागि कुल लागत मध्ये ६ हजार घरपरिवारबाट उपभोक्ता समितिले ११ करोड पाँच लाख रुपैयाँ ब्यहोर्ने गरी आयोजना तयार भएको हो ।

समितिका अनुसार सो आयोजना सम्झौता भएको मितिले तीन बर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । सुनकोशी आयोजना सम्पन्न भएपछि पाँचखाल नगरबासीले खानेपानीको चरम अभावबाट मुक्त हुने अपेक्षा गरेको छ ।


तपाईको प्रतिक्रिया