काठमाडौं – लोकदोहोरी क्षेत्रमा छोटो समयमा नै सफल मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतमा मिलन बिकको सम्पादन गरेका हुन भने दुर्लभ श्रेष्ठले भिडियो खिचेका हुन । दोलखाको विभिन्न रमणीय ठाउमा खिचिएको उक्त गीतको भिडियोमा मोडेल सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ।

लोकदोरी गितहरुमा नृत्य देखाएका सन्जिबले पहिलो पटक सबैलाइ रुवाउने अभिनय गरेका छन । उक्त गितमा उनकै आमा अनि बुबाले पनि शसक्त अभिनय गरेका छन । उनले अभिनय गरेका प्राय सबै गितले दर्शकहरुको मन जितेको छ । ओके छ त, काभ्रे जिल्ला मायाको लालकिल्ला जस्ता थुप्रै गितहरुले बजार तताएको थियो । गीतको भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो ।

भिडियो :


तपाईको प्रतिक्रिया